अष्ट्रेलियमा संचालनमा आयो चालक बिहिन रेल, आज निःशुल्क चढ्न पाइने

अष्ट्रेलियाले पहिलोपटक चालक बिहिन मेट्रो रेल सञ्चालनमा ल्याएको छ । अष्ट्रेलियाको सिड्नीमा आइतबारदेखि उक्त चालक बिहिन मेट्रो रेल सेवा सुरु भएको हो । 

पाँच वर्षअघि निर्माण सुरू गरिएको मेट्रो रेल लाइन बनाउन ७ अर्ब अमेरिकी डलर खर्च भएको छ । अहिले १३ वटा स्टेशनमा मेट्रो कुद्न थालेको छ । पिक आवरमा  प्रत्येक ४ मिनेटमा स्टेशनमा रेल आइपुग्ने व्यवस्था गरिएको छ । 

उक्त रेल सिड्नीको मेट्रो नर्थ वेस्ट लाइनको राउज हिलदेखि च्याट्सवुडसम्मको ३६ किलोमिटर लामो भूमिगत लाइन बनाइएको छ । आज उद्घाटन भएकाले आइतबार सबै यात्रुलाई निःशुल्क रेलमा यात्रा गर्न दिइएको छ । 

पहिलो पटक चालक बिहिन रेल चढ्न सिड्नीवासीको भीड रेल स्टेशनमा रहेको छ । यो मेट्रो चलाउन अष्ट्रेलियाले स्वदेशि प्रविधिको प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सन् २०२४ सम्ममा सिड्नीभर ६६ किलोमिटरमा यस्तो मेट्रो चलाउने गरी काम भइरहेको जनाइएको छ ।


Back_to_top