एयरबसले हातपार्याे ३० विलीयन डलरको अर्डर

युरोपियन विमान निर्माता कम्पनी एयरबसले दुवई एयर शोमा ३० विलीयन डलरको २२० वटा जहाजको बिक्री अर्डर हात पारेको छ । उक्त अर्डरहरु दुवईवेसका दुईवटा एअरलायन्सका हुन् । जस अन्तर्गत इमिरेट्सले ५० वटा ए३५०–९०० एक्सडब्लुबी एक्ट्रा वाइड वडि तथा एअर अरेबीयाले १७० वटा ए३२० अडएर रहेका छन् ।

इमिरेट्सले अर्डर गरेको ५० वटा ए३५०–९०० को मूल्य १६ बिलियन डलर तथा एअर अरेबीयाको १७० वटा ए३२० को मूल्य १४ बिलियन डलर रहेको छ ।

एयर अरेवियाका प्रमुख कार्यकारी अधिकृत अदेल अलिका अनुसार यो अर्डरले एयरलायन्सको लागि गेम चेन्जर हुनेछ । उनका अनुसार यी जहाजहरुको सहायताले एयरलायन्सले आगामि दिनमा दक्षिणपूर्व एसीया र अफ्रिकी मुलुकहरुमा आफ्नो व्यापार विस्तार गर्न सघाउनेछ ।

त्यस्तै इमिरेट्सका अध्यक्ष सेख अहमेदका अनुसार यी ए३५० को सहायताले लामो दूरीका नेटवर्कहरुमा व्यापार विस्तार गर्ने छ । यी जहाजहरु एकै पटकमा ३५० जना यात्रुहरु बोकेर निरन्तर १५ घण्टासम्म उड्ने क्षमता राख्दछन् ।

इमिरेट्सले एयरबसका प्रतिस्पर्धी बोइङसँग ४० वटा ७८७ ड्रिमलाईनर खरिद गर्ने घोषणा गरेता पनि अझै अर्डर प्लेस गरेको छैन ।


Back_to_top