जम्मुकश्मिरमा टाटाका ४० अल्ट्रा इलेक्ट्रीक बस गुड्ने

Not found

टाटा मोटर्सले उत्पादन गरेको ४० वटा इलेक्ट्रीक बस जम्मुकश्मिर स्टेर रोड ट्रान्पोर्टेसन कर्पोरेसनलाई उपलब्ध गराएको छ । टाटाले उपलब्ध गराएको ९ मिटर लामो उक्त इलेक्ट्रीक बस नन–एसी बस हो । 

जम्मुकश्मिर सरकारले सञ्चालन गर्न उक्त इलेक्ट्रीक बस त्यहाँका विभिन्न रुटमा चल्नेछन् । टाटा सो बसले एक पटकको फुल चार्जमा १ सय ५० किलोमटिर माइलेज दिनेछ । 

लिथियम आयोन व्याट्री प्रयोग गरिएको यो बसले ३ सय २९ बीएचपी अधिकतम पावर र १ सय ९४ पीएचपी नियमिट पावर दिन्छ । यो बसको सिट क्षमता ३१ सिट रहेको छ । 

इलेक्ट्रीक बस सञ्चालन गर्दा वातावरण प्रदूषण कम हुने र समग्रमा बस सञ्चालन खर्च समेत कम हुने भएकाले उत्पादन तथा प्रयोगकर्ता यसमा आकर्षित भएको टाटा मोटर्स उपप्रमुख तथा प्रोडक्ट लाईन हेड (प्यासेन्जर कमर्सियल भेइकल) रोहीत श्रीवास्तभले जानकारी दिए ।

जम्मुकश्मिरका साथै भारतका अन्य राज्य सरकारले पनि इलेट्रीक सवारी प्रयोगलाई उच्च प्राथमिकता दिएका छन् । 




image not found