८ वर्ष अगाडि पकेट खर्च नभएका मानिससँग आज, २१ अर्व डलरको सम्पत्ति

Not found

माया गर्नुस् वा घ्रिणा, इलन मस्क टेक्नलोजी इन्डष्ट्रीका एक आधुनिक अन्भेषक हुन् । नयाँ व्यवसाय टेस्ला र स्पेश एक्सले नै उनलाई एक आइरन म्यानको रुपमा प्रमाणित गरिसकेको छ । मस्क यस्ता व्यवसायी हुन्, जसले सोचेका सबै कुरा गरेर देखाइदिन्छन् । उनी खुल्लारुपमा मंगलग्रहमा वस्ती बसाल्ने कुरा गर्छन्, अनि अन्तरिक्षमा घुमिरहने गरि इलेक्ट्रीक कार पठाउँछन् । 

उनको बोरिङ्ग कम्पनीले एकपटक फ्रेल्म–थ्रोअरको कन्जुमर मोडल उत्पादन गरेर २० हजार युनिट बिक्री गरेको थियो । 

यस्ता अनौठा व्यक्ति मस्क, जसले सामान्यखालको इलेक्ट्रीक भेहिकल उत्पादन भइरहेको बजारमा लग्जरियस इलेक्ट्रीक सेडान कार उत्पादन गर्ने र महङ्गोमा बेच्ने योजना अघि सारेको थिए । 

सन् २०१७ मा एक इन्टरभ्यूमा मस्कले आफ्नो बाबुलाई ‘टेरेवल ह्यूमन विइङ’ भन्दै उनले दुष्ट योजनाहरू बनाउने गरेको र सोच्न सकिने सबै प्रकारको अपराध गर्ने प्रवृत्ति रहेको बताएका थिए ।  

त्यस्तै, सामान्य मानिसहरूले सोच्नै नसक्ने अन्तरिक्ष परिवहनको व्यापारमा नयाँ प्रविधिको विकास गरेर स्थापित व्यवसाय बनाउने उनि कुशल युवा बैज्ञानिक हुन् । 

उनको कम्पनीले बनाएको हाइपरलूप टेक्नलोजीको परीक्षण भइसकेको छ, जसले जमिनमा गरिने यात्राको गतिलाई हवाई यात्राभन्दा छिटो १२०० किलोमिटर प्रतिघन्टाको स्पीडको आनन्द लिन सकिने बनाएको छ । उनि यस्ता वैज्ञानिक हुन्, जसले धेरै आइडियाहरू अगाडि ल्याउँछन्, सधैँ अनुहारमा खुसी देखाउँछन्, जसको आफ्नै बैंक एकाउन्टमा टन्नै पैसा छ भने, उनको आइडियामा लगानी गर्न चाहने मानिसको ठूलो जमात रहेको छ । 

वाल्याअवस्था 

आज उनको नाम विश्वका शक्तिशाली मानिसको श्रेणीमा रहेको छ । आर्थिकरुपमा सम्पन्न र मानसिक रुपमा तगडा उनको जन्म साउथ अफ्रिकामा भएको हो । विद्यालयमा उनी कक्षामा सबैभन्दा सानो तथा कान्छो विद्यार्थी थिए, जसले गर्दा सबैको आँखामा उनी एक खेलौनाजस्तै थिए । 


स्कुलमा साथीहरूले उनलाई उचाल्ने, पछार्ने र कहिलेकाहिँ पिट्नेसमेत गरेको उनले धेरै अन्तर्वार्तामा भनेका छन् । यसरी साथिहरुले पिट्दा उनको नाकको नाथ्री नै फुट्थ्यो । यही घटनाकै कारण उनी ठूलो भएपछि स्वासप्रश्वासमै समस्या आयो र सन् २०१३ मा उनले नाकको अपरेशन नै गरेका थिए । 

साथीहरूको सधैँको हेपाईबाट बच्न मस्क आफुलाई दुई तरिकाले व्यस्त राख्दथे । पहिलो, परिवारका सदस्यसँग धेरै समय बिताउने र दोस्रो बिजनेस र कम्प्यूटरसम्बन्धी अध्यन, अनुषन्धान गर्ने । 

यूवा अवस्थामा प्रबेशगरेसँगै उनको बाबुसँग सम्बन्ध बिग्रिएको थियो । उनले आफ्नो सन् २०१५ मा प्रकाशित बायोग्राफीमा बाबुलाई ‘एन–अड–डक’ भनेका छन् । 

त्यस्तै, सन् २०१७ मा एक इन्टरभ्यूमा मस्कले आफ्नो बाबुलाई ‘टेरेवल ह्यूमन विइङ’ भन्दै उनले दुष्ट योजनाहरू बनाउने गरेको र सोच्न सकिने सबै प्रकारको अपराध गर्ने प्रवृत्ति रहेको बताएका थिए ।  

युवा अवस्था 

एक्लो बस्न सधैँ डरलाग्दो अनुभव मान्ने मस्क सानो छदैँ आफ्नो रिलेसनसीपलाई अनन्तकालसम्म पुर्याउने सोच्ने गरेको दाबी गर्छन् । ‘ठूलो घरमा एक्लो बस्नु भनेको एकदमै गाह्रो कुरा हो भन्ने उनलाई समयले सधैँ दुखितमात्र बनाएको छ । 

उनको पहिलो सन्तान जन्मेको १० हप्तामा नै संसारबाट विदा भए, आफ्नै काखमा १० हप्ताको बालकको मृत्यु भएपछि त्यो परिस्थितिमा आफुले श्रीमतीसँग फेसगर्न नसकेको उनले बताएका छन् । 

पहिलो श्रीमती जस्टीन मस्कसँगको डिभोर्सको सेटलमेन्टमा उनको घर, सिक्स–मिलियन डलर क्यास तथा सबै सम्पत्ति गएको थियो ।

मस्क र जस्टीनले सन् २००४ मा कृत्रिम गर्वाधारणको सहयोगमा जुम्ल्याह र सन् २००६ मा तिम्ल्याह बच्चाहरू जम्माएका थिए । तर, उनीहरूको रिलेसनसिप लामो समय रहिरहन सकेन र सन् २००८ मा छुट्टिने निर्णय गर्दै डिभोर्स गरेका थिए । डिभोस गरेको ६ हप्तापछि मस्कले ब्रिटिस एक्ट्रेस तलुला राइलीसँग इन्गेजमेन्ट गरे । 

आर्थिक समस्या

सन् २०१० मा इलन मस्क खानै नपाउने अवस्थामा पुगेका थिए । उनको बैंक एकाउन्टमा पैसा नै थिएन । पहिलो श्रीमती जस्टीन मस्कसँगको डिभोर्सको सेटलमेन्टमा उनको घर, सिक्स–मिलियन डलर क्यास तथा सबै सम्पत्ति गएको थियो । यो अवस्थामा उनले ४ महिनासम्म साथीहरूसँग सापटी लिएर आफ्नो खर्च चलाएका थिए । 

आज उनी अर्बपति हुन्, तर उनको जीवनमा केही समयका लागि यस्तो अवस्थासमेत आएको थियो, जहाँ उनको पकेटमा एक डलरसमेत भएन । 

वैवाहिक जीवन र अन्त्य

अग्ला डार्क र कारिज्माटिक मल्टी बिलेयनार व्यक्ति महिलाहरूबीच पक्कै पनि पपुलर हुन्छन् । मस्क पनि योबाट अछुतो थिएनन् । उनका धेरै सम्बन्धहरूमा उतार–चढाव आएका थिए । 

उनको पहिलो विवाह जस्टीनसँगको डिभोर्समा गएर टुङ्गिएको थियो । उनको दोस्रो विवाह तलुला राइलीसँग अझै कम्प्लिकेटेड भएको थियो । उनीहरूले सन् २०१२ मा डिभोर्स गरे र फेरि सन् २०१३ मा पुनः उनैसँग विवाह गरेका थिए । मस्कले सन् २०१४ मा फेरि सेकेन्ड डिभोर्स फाइल गरे र पछि फिर्ता गरेका थिए । तर, अन्त्यमा सन् २०१६ मा उनको तलुला राइलीसँगको सम्बन्ध पनि डिभोर्समा टुङ्गिएर छाड्यो । पछि उनी एक्ट्रेस एम्बर हर्डसँग डेटिङ्ग गर्न थाले, तर उनीहरूको व्यस्त सेड्यूलका कारण यो रिलेसन पनि मेन्टेन हुन सकेन र सन् २०१७ उनीहरू छुट्टिए । 


सायद सबभन्दा अनौठो मस्क रिलेसनसिपको किस्सा भने हालै सुरु भएको छ । मस्क एकदिन फरक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगका बिषयमा जोक टुईट गर्दै थिए । पछि उनले थाहा पाए कि यो जोक इडी संगीतकार ग्राइम्सले आफ्नो म्यूजिक भिडियोमा प्रयोग गरेकी छन् । अहिले मस्क उनीसँग डेटिङ्ग गर्न लागेको चर्चा चलेको छ । 

ड्रग र सिलिकन भ्यालीका सेक्स पार्टी

इलन मस्कलाई ड्रग सेवन गरेको आरोप लाग्ने गरेको छ । उनको रोगनको पड्कास्टमा मारियोना स्मोक गरिरहेको फोटो सार्वजनिक भएको थियो । उनलाई सिलिकन भ्यालीमा हुने गरेको टेक्नोक्राटी थिम पार्टीमा सामेल हुने गरेको पनि बताइएको छ । 


जुन पार्टीहरू सिलिकन भ्यालीमा सिक्रेट सेक्स पार्टीको रुपमा चर्चित रहेको छ । पछि उनका प्रबक्ताले मस्कले सो पार्टीमा केही घन्टा बिताएको, तर कर्पोरेट कस्टुम पार्टी भनेर सामेल भएको र पछि वास्तविकता थाहा पाएपछि उनी बाहिरिएको बताए । उनी उक्त पार्टीमा आर्मोड थिमको कस्टुम र चेन लगाएर सामेल भएका थिए । 

खर्चालु स्वभाव

कहिलेकाहिँ पैसा कमाउन प्रसस्त पैसा खन्याउनु पर्छ, तर इलन मस्क यस्ता छन् कि उनले बगाएको पैसाले कतिपय साना देशको अर्थतन्त्र सुध्रन सक्छ । सन् २०१८ मस्कका लागि इभेन्ट फूल वर्ष रहेको थियो, जसले मस्कको नेटवर्थ एकदमै खराब तरिकाले रिफ्लेक्ट गरेको थियो । 

रिपोर्टहरूकाअनुसार उनका विभिन्न स्क्याण्डल तथा कानूनी दायित्वहरूका कारण मस्कको व्यक्तिगत तथा टेस्ला कम्पनीको पनि ठूलो धनराशी बर्वाद भएको थियो । उनको एक टुईटले मिलियन्स डलर जरिवानाकासाथै अध्यक्षको पदसमेत गुमाउनु परेको थियो । 

कतिपय कामदारहरूले टेस्लाको फ्याक्ट्रीबाट कार होइन कि चोटपटक उत्पादन हुन्छ भनेरसमेत उडाएका थिए । 

ब्लूम्वर्ग विलेयनार इन्डेक्सकाअनुसार सन् २०१८ मा मस्कले आफ्नो सम्पत्तिबाट फोर–विलियन डलर जति गुमाएका छन् । तर, यतिले मात्र मस्क गरिब हुने भने होइन् । 

सन् २०१८ को सेप्टेम्बरको रिपोर्टकाअनुसार मस्कको नेटवर्थ २१.६ विलियन डलर रहेको छ । सन् २०१८ जतिकै पैसा बगाए तापनि उनलाई ४ वर्षसम्म पुग्नेछ र अझै उनीसँग १.६ विलियन डलर आफ्ना आवश्यकता पूरा गर्न बाँकी रहनेछ । 

बोल्ड प्रमिसहरूले दुर्घटनाहरू निम्त्याउँछन्

मस्कले धेरै प्रमिस गर्ने गरेका छन्, मेहेनत पनि असाध्यै गर्छन् र आकाङ्क्षाहरू धेरै माथिको राख्ने गरेका छन् । गार्जिएनकाअनुसार उनको धेरै माथिको आकाङ्क्षा र लक्ष्य सधैँ राम्रो भएको छैन किनकि उनले राखेको लक्ष्यप्राप्तिका लागि धेरै गाह्रो हुन्छ र यसको तनाव र कामको हतारपन कामदारहरूको काँधमा बज्रिने गरेको छ । 

मस्कले टेस्लाको उत्पादन लक्ष्य भेट्टाउनका लागि उपलब्ध फ्याक्ट्रीको क्षमताभन्दा धेरै हतारमा काम गर्नुपरेको थियो । जसका कारण फ्याक्ट्रीमा धेरै दुर्घटना भए । सन् २०१७ मा टेस्ला र मस्क दुबै तातो भुङ्रोमा रहेका थिए, जसमा कारण टेस्लाका कतिपय कामदारहरूलाई ठूलो चोटपटक लागेको थियो । पछि उनले दुर्घनामा पर्ने तथा चोटपटक लागेका कामदारहरूलाई आफैँले भेटेर कामको प्रोशेस कसरी सुरक्षित गर्न सकिन्छ भनेर अनुसन्धान गरेका थिए । 

उनकाअनुसार सोफामा सुत्न यति अप्ठ्यारो हुने थियो कि उनी कहिलेकाहिँ जमिनमैसमेत सुत्ने गरेका थिए ।

कतिपय कामदारहरूले त टेस्लाको फ्याक्ट्रीबाट कार होइन कि चोटपटक उत्पादन हुन्छ भनेरसमेत उडाएका थिए । टेस्लाले यस्ता दुर्घटनाहरूलाई बूक्स रेकर्डमा नराखेर सुरक्षित देखाएको समेत आरोप लगाएका छन् । 

कामका बेलामा उनी सोफामा समेत सुत्छन् 

जुन व्यक्ति अर्वपति र कयौँ महलका मालिक छ, उसलाई सोफामा सुत्नुपरेको सुन्दा अच्चम्म लाग्न सक्छ । सन् २०१८ को स्प्रीङ्गमा मोडल–थ्रीको प्रोडक्सन लक्ष्य नभेटिँदा मस्क क्यालिफोर्नियाको फ्याक्ट्रीको सोफामै कयौँ रात सुतेका थिए । 

उनकाअनुसार सोफामा सुत्न यति अप्ठ्यारो हुने थियो कि उनी कहिलेकाहिँ जमिनमैसमेत सुत्ने गरेका थिए । 

जब उनी अप्ठ्यारो सोफामा सुत्नुपरेको तस्वीरहरू इन्टरनेटमा भाइरल भयो, यु–ट्यूवका बेन सुलिन्सले जोकमै मस्कलाई राम्रो फर्निचर किनिदिनका लागि क्राउड–फन्डिङ्ग क्याम्पेन चलाए । 

मस्कका फ्यानहरूले केही दिनमै ९ हजार डलर जम्मा गरिदिए । सुलिन्सले सो पैसा च्यारिटीमा दिए, तर एक फर्निचर कम्पनीका माध्यमले मस्कलाई सित्तैमा राम्रो काउच उपहार पठाइदिए । बदलामा मस्कले क्याम्पेनको लागि धन्यवाद दिँदै उनीहरूको डोनेसन जतिकै पैसा म्याच गरेर च्यारिटीलाई दिने जनाए । तर, उनले सो काउचको प्रयोग भने गरेनन् । 

सधैँ काम गरिरहने

मस्क काम गर्दा पागलसरि गर्ने गर्दछन् । टेस्लाको मोडल–थ्रीको उत्पादनमा समस्या आउँदा मस्क हप्तामा १२० घन्टा काम गर्थे । कामकै कारण उनको निजी जिवनसमेत भताभुङ्ग हुने गरेको छ । उनले एकपटक झन्डै आफ्नो भाईको विवाह समारोह नै मिस गरेका थिए । 

सुत्न उनि औषधीको साहारा लिन्छन्, उनले कहिलेकाहिँ गर्ने अस्वभाविक टुईट यही औषधीकै प्रभाव हो कि भन्ने अनुमान गरिन्छ ।

उनले आफ्नै जन्मदिन पनि फ्याक्ट्रीमा काम गर्दै बिताएका छन् । व्यस्त रहेको समयमा उनी आफ्नो साथीभाई अझ गर्लफे्रन्डलाई समेत समय दिन सक्दैन थिए, जसको फलस्वरुप उनी गर्लफे्रन्डसँग छुटिनुसमेत परेको थियो । 

सुत्न उनि औषधीको साहारा लिन्छन्, उनले कहिलेकाहिँ गर्ने अस्वभाविक टुईट यही औषधीकै प्रभाव हो कि भन्ने अनुमान गरिन्छ । 

गलत दावीमा सधै फस्छन् 

मस्कको गलत दावी संप्रेशन गर्ने बानि रहेको छ । मस्कले गत अगस्ट २०१८ मा टेस्लालाई प्राइभटाइज गर्ने र प्रति शेयर ४२० डलर तिर्ने र त्यसका लागि आवश्यक फण्ड पनि जुटाइसकेको टुईट गरेका थिए । जब यो कुरा उनले टुईट गरे टेस्लाको स्टकको भाउ एकदमै बड्न पूग्यो र सेक्युरीटी एक्चेन्ज कमिसनले उनलाई दण्डित गरायो । फलस्वरुप उनले कम्पनीको अध्यक्षको पदबाट हट्नुपर्यो । 

मस्कले थाइल्याण्डको गुफामा फसेका विद्यार्थीहरूको उद्धारका लागि सवमेरिन बनाएको दावी गरेका थिए, तर रेस्क्यू टिमले त्यसलाई पब्लिसिटी स्टन्ट भनेर अस्वीकार गरेका थिए । 

मस्कले कुनै पनि नयाँ कामका लागि आफूमात्रै उपयुक्त व्यक्ति हुँ भन्ने सोच्छन् । र आफूलाई एकदम धेरै पुस गर्ने गर्छन् । प्रायः यस्ता कार्य असफल हुनेगर्छ । 



image not found