मोटरसाइकल छाडेर कम मूल्यका कार खोज्नेलाई यी हुन् ६ विकल्प (मूल्यसहित)

Not found

काठमाडौं । मोटरसाइकल छाडेर कम रकम खर्च गरेर चार पाङ्ग्रेमा उक्लन चाहनेहरुलाई मध्यनजर गर्दै विभिन्न कम्पनीले इन्ट्री लेवलका कारहरु बिक्री गर्दै आएको छ ।

मोटरसाइकल छाडेपछि कुन कार किन्ने ? भन्ने दुविधामा हुनुहन्छ भने हामीले बजारमा उपलब्ध इन्ट्री लेवल कारको विषयमा जानकरी दिने उद्देश्यले यो लेख तयार गरेका हौ ।

नेपालमा भारतीयदेखि विश्वका चर्चित ब्राण्डका कारसम्म उपलब्ध रहेका छन् । यद्यपी नेपाली बजारमा भारतमा उत्पादित कार नै सस्तो हुने गरेको छ । 

मारुती सुजुकी अल्टो, वागेनआर


मारुतीले नेपाली बजारमा बिक्री गर्दै आएको अल्टो एसटीडी नेपाली बजारमा पाइने सबैभन्दा सस्तो कार हो, जसको मूल्य १८ लाख ९९ हजार रहेको छ भने, अल्टो एलएक्सआईको मूल्य २० लाख ९९ हजार र अल्टो के १० भिएक्सआईको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ । यस्तै, मारुती सुजुकी कै वागेन आर भिएक्सआई अप्सनलको १।० लिटरको २४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुदै आएको छ ।

टाटा टियागो


नेपालमा बिक्री हुदै आएको टाटा टियागोको एक्सई भेरियन्ट सस्तो कारको सूचीमा पर्ने गर्छ । ११९९ सीसी इन्जिन क्षमता इन्जिन रहेको यस कारको सुरुवाति मूल्य २१ लाख ५५ हजार रुपैयाँ रहेको छ । यसमा उपलब्ध इन्जिनले ८३.८३ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ ।

फोर्ड फिगो एम्बीएन्ट


फोर्डको फिगो एम्बीएन्ट एमटी ह्याचब्याक २४ लाख ९९ हजारमा बिक्री भैरहेको छ । २५ लाख मूल्यसम्मको सस्तो मोडलको सूचीमा परेको यस ह्याचब्याक कारमा ११९४ सीसीको इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ९५ हर्ष पावरका साथै १२० एनएम टर्क उत्पादन गर्छ ।

रेनो क्वीड


नेपाली बजारमा उपलब्ध क्वीड पाँच भेरियन्टमा बिक्री भैरहेको छ । यसको लो भेरियन्टको मूल्य २२ लाख २४ हजार ५३३ रुपैयाँ रहेको छ भने, हाइ भेरियन्टको   मूल्य २४ लाख ५८ हजार ५५६ रुपैयाँ रहेको छ । यसमा उपलब्ध ९९९ सीसीको इन्जिनले ६९ एचपी पावरका साथै ९६ एनएम टर्क उत्पादन गर्छ ।

हुन्डाई सेन्ट्रो


हुन्डाई सेन्ट्रो इरा र म्याग्ना सस्तो मूल्यका कारको सुचीमा परेका छन् । दुबै कारमा समान १०८६ सीसीको पेट्रोल इन्जिन लगाइएको छ ।  इराको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ भने, म्याग्नाको मूल्य २५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

ड्याटशन रेडिगो


ड्याटशनले २५ लाख मूल्यसम्मका तीन कारको बिक्री गर्दै आएको छ । ७९९ सीसीको गो टी (०) को मूल्य १९ लाख ९९ हजार, ९९९ सीसीको गो टी (०) २१ लाख ९९ हजार र ११९८ सीसीको न्यू गोको मूल्य २५ लाख ९९ हजार रुपैयाँमा बिक्री हुर्दै आएको छ ।



image not found