अउडीको अल ह्वील ड्राइभ इट्रोन काठमाडौंमा (फोटोफिचर)

काठमाडौं । अउडीको पहिलो इलेक्ट्रीक कार इट्रोन नेपालमा आइपुगेको छ । नेपाली बजारमा प्रिन्सा अटोमोबाइल्सले यसलाई ल्याएको हो भने, यसको बिक्री वितरण राम्रो मोटर्सले गर्ने छ । उक्त कार अहिले राम्रो मोटर्सको शोरुममा राखिएको छ ।

इलेक्ट्रीक सवारीमा आकर्षण बढेसँगै अउडीको पहिलो इलेक्ट्रीक कार नेपाल ल्याइैएको हो । बेलायती एजेन्ट कम्पनीको मार्फत प्रिन्सा अटो मोवाइलले उक्त कार नेपाली बजारमा भित्र्याएको हो । अहिले ३ यूनिट कार नेपाल आएको छ भने अबको केही दिनमा नै अर्को ३ यूनिट आइपुग्ने राम्रो मोटर्सका संचालक विशाल वर्थवालाले जानकारी दिए ।

गाडी काठमाडौं आएसँगै यातायात व्यवस्था विभागबाट गर्नु पर्ने रोड वर्दीनेस टेष्टलगायतका काममा जुटेको उनले मेरोअटोलाई जानकारी दिए ।

‘सबै किसिमको परिक्षण र सर्भिस सेन्टर निर्माणपछि मात्रै ग्राहकलाई गाडी हस्तान्त्रण गर्छौ । त्यस ति कामको लागि कम्तीमा १० दिन लाग्ने वर्थवालले बताए ।

उनकाअनुसार गाडीको आधिकारीक आयातकर्ता प्रिन्सा अटोमोबाइल्स हो भने बिक्रीको जिम्मेवारी राम्रो मोटर्सले लिएको हो ।

अहिले नै यसको  बिक्री मूल्य निर्धारण भइनसकेको भएपनि अनुमानित १ करोड ७५ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए ।

यस्तो छ इट्रोन

जर्मन लग्जरी कार निर्माता कम्पनी अउडीले बेलायती बजारमा केही महिना अगाडि बिक्री सुरु गरेको इट्रोन एसयूभीमा ५ जनाले सहज यात्रा गर्न सक्ने छन् । कम्पनीले सन् २०२५ सम्ममा बजारमा ल्याउने घोषणा गरेको ११ इलेक्ट्रीक गाडी मध्ये यो पहिलो हो । नेपालमा पनि यसलाई बेलायती बजारबाट नै ल्याईएको हो ।

यसमा कम्पनीले ९३ किलोवाटको पावरफुल व्याट्री दिएको छ । दुई वटा इलेक्ट्रीक मोटर दिइएको यो एसयूभीले ४०० बीएच पावर जेनेरेट गर्छ ।

कम्पनीको क्यू–५ र क्यू–८ बाट प्रभावित ईट्रोनमा क्यू–३ को जस्तो हेडलाईट प्रयोग गरिएको छ । यसलाई कम्पनीले क्यू सिरिज नै मानेको छ ।

एक पटकको फुलचार्जमा यो एसयूभीमा ४०० किलोमिटरको यात्रा गर्न सकिने कम्पनीले दाबीको दाबी छ । विश्व बजारमा यसको प्रतिस्पर्धा टेस्ला मोडल एक्स, ज्यागुवार आईपेश र मर्सिडिज बेन्ज इक्यूसीसँग भइरहेको छ ।


Back_to_top