चैत्र १९ बाट नेपालमा यूरो-६ मापदण्डको इन्धन आउने

काठमाडौं । नेपालमा यही चैत्र १९ गते (एप्रील १) देखि यूरो ६ मापदण्डको इन्धन आयात हुने भएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले चैत्र १९ बाट भारतभर यूरो ६ मापदण्ड लागू गर्ने भएपछि नेपालमा सोही इन्धन आउने भएको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् ।  

आईओसीले आफ्ना सबै रिफाइनरी केन्द्रमा यूरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएको छ । सोही इन्धन नेपालमा आउने भएकाले भएपछि वातावरण मैत्री यूरो ६ इन्धन नेपालीले पनि प्रयोग गर्न पाउने निश्चित भएको हो ।

यूरो ६ मापदण्ड इन्धन आयात हुन थालेपछि यूरो ४ मापदण्ड इन्धन आफै विस्थापित हुँदै जानेछ ।

यूरो ४ मापदण्डको इन्धनमा सल्फरिक ५० पीपीए हुन्छ भने यूरो ६ मा १० पीपीए हुन्छ । सल्फरिकको मात्रा जति कम भयो त्यो इन्धनले त्यतीनै वातावरण प्रदूषण कम गराउनेछ ।


Back_to_top