इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडरको नेपालमा सार्वजनिक

काठमाडौं । नेपाल स्थित भारतीय इस्कर्टस कम्पनीको व्याकहो लोडरको नेपालका लागि आधिकारिक बिक्रेता  ‘द हेबी अटो ट्रेडिङ प्रली’ले एक्सट्रीम व्याकहो लोडर नेपाली बजारमा भित्र्याएको छ।

यो एक्सट्रीम व्याकहो लोडर गुणस्तरीय, टिकाउ हुनुका साथै इन्धन कम खपत गर्ने कम्पवनीका प्रवन्ध निर्देशक उनेसनारायण मानन्धरले जानकारी दिए।

यो एक्सट्रीम  व्याकहोमा इस्कर्ट ई ४.३६८ टिसीआई इन्जिन, ९० एचपी इनलाइन पम्प जडीत छ। व्याकहो लोडरको तौल ८ हजार ४ सय किलोग्राम रहेको छ।

करारो ट्रान्समिसन र टेण्डम गियर पम्प भएको यो मेसिनको लोड पम्पिङ हाइट ३ मिटर र पे लोड १९८० केजी रहेको छ। 

यो मेसिनले ४.८ मिटरसम्म खन्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले एक्सट्रिम व्याकहो लोडर खरिदमा ८० प्रतिशत फाइनान्स सुविधा प्रदान गर्ने जनाएको छ। व्याकहो लोडर बिक्रीको सुरुवाती क्रममा कम्पनीले १ जनालाई थाइल्याण्ड भ्रमणको अवसर प्रदान गर्नेछ । कम्पनीले यसको मूल्य ४१ लाख २० हजार रुपैयाँ तोकेको छ ।


Back_to_top