नयाँ आउने नेक्सन रेगुलरभन्दा कति फरक

Not found

भारतीय अटो उत्पादक कम्पनीकै सबैभन्दा सुरक्षीत कारको रुपमा चिनिने टाटा नेक्सनको परिमार्जित संस्करण २०२० लाई कम्पनीले आगामी अप्रिलमा सार्वजनिक गर्ने भएको छ । 

हुन्डाई भेन्यु र महिन्द्रा एक्सयुभी ३०० सँग प्रतिस्पर्धा गर्नेगरि बजारमा आउने नेक्सन फेसलिफ्ट सबफोर मिटर कम्प्याक्ट एसयूभी हो । फेसलिफ्ट मोडलको साइजपनि रेगुलर मोडल सरह हुनेछ । 

सिप्रदी ट्रेडिङले टाटाका प्यासेन्जर कार नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ भने नेक्सन नेपालमा निकै रुचाइएको मोडल हो । 

टाटाको इम्प्याक्ट डिजाइन २.० मा आधारित यो मोडलमा कम्पनीले बजारमा ल्याउने तयारी गरेको अल्ट्रोज र केही समयअघि आएको ह्यारीयर (नेपालमा एच ५) बाट धेरै फिचर लिइएको जनाइएको छ ।

फेसलिफ्ट मोडलमा प्रोजेक्टर हेडल्याम्प युनिट, नयाँ डिजाइनको एलइडी डिआरएलएससँगै इन्र्टग्रेटेड क्लस्टर, नयाँ एलइडी टेललाइट, मल्टी स्पोक अलोय ह्वील जस्ता नयाँ फिचर पाउन सकिन्छ । 

नयाँ टेक्नोलोजीमा आधारित नयाँ नेक्सनमा वायरलेस चार्जिङ तथा सनरुफको विशेषता उपलब्ध हुनेछ भने ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र अल डिजिटल इन्स्ट्रुमेन्टे कन्सोल जस्ता विशेषता समेटिने छ । 

नेक्शन फेसलिफ्ट १.२ लिटर रेभोट्रोन टर्बाे पेट्रोल र १.५ लिटर रेभोटर्क डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यसमा उपलब्ध पेट्रोल इन्जिनले ११० पीएस पावरका साथै १७० एनएम टर्क उत्पादन गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावरका साथै २६० एनएम टर्क उत्पादन गर्छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुअल र ६ स्पीड एएमटी गियरबक्स लगाइने छ । 

यस्तो रेगुलर छ मोडल 

अहिले नेपाली बजारमा नेक्सन विभिन्न १३ भेरियन्टमा बिक्री भइरहेको छ ।

नेक्सनको रेगुलर मोडल ल्याण्डरोभर र रेञ्जरोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयूभी मोडलमा नयाँ आयाम ल्याएको टाटाले जनाएको छ । 

टाटा नेक्सन कारमा १.२ लिटर पेट्रोल र १.५ लिटरमा डिजेल इन्जिन उपलब्ध रहेको छ । यसमा ६.५ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । 

नेक्सनमा एन्ड्रोइड अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर समेटिएका छन् ।



image not found