डुकाटी बाइकमा आगलागी,बाइक फिर्ता लिदै कम्पनी

काठमाडाैं । स्पोर्टी बाइक सार्वजनिक गर्दै आएको इटालीयन बाइक डुकाटीले बजारबाट सुपरस्पोर्ट एस र सुपरस्पोर्ट बाइक फिर्ता लिएको छ । यी मोडलमा अचानक आगो लाग्न थालेपछि कम्पनीले बाइक फिर्ता लिन थालेको हो । कम्पनीले अमेरिकि बजारबाट मात्रै १ हजार ४ सय ३१ वटा मोडल फिर्ता लिएको छ । अमेरिकामा बाइकको समस्याबारे कम्प्लेन आएपछि कम्पनीले बाइक फिर्ता लिने कम्पनीले निर्णय गरेको हो ।

यी मोडलमा देखिएको समस्याबारे कम्पनीले आधिकारीक धारणा व्यक्त गरेको छैन् । तर, अमेरिकाको नेशनल हाइवे टाफिक सेफ्टी एडमिनिस्टेशनले मोडलमा देखिएको समस्याबारे पेपर वर्क पेश गरेको छ ।

भारतीय बजारबाट पनि कम्पनीले सुपरस्पोर्टस एस र सुपरस्पोर्टस बाइक फिर्ता लिने फैसला गरिसकेको छ । कम्पनीले कति युनिट फिर्ता लिने भन्नेबारे स्पष्ट खुलाएको छैन् । बाइक रिटर्न लिनका लागि डुकाटी मिनिस्ट्री अफ रोड ट्रान्सपोर्ट एन्ड हाइवे र सियामले जानकारी संकलन गर्न थालेका छन् ।

बाइकको एक्जस्ट हाउँजेज एकदम नजिक राखिएकाले गर्मीले पग्लीएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । कम्पनीले बाइकको हाउजेजमा देखीएको समस्या यथासक्य चाँडो समाधान गर्ने जनाएको छ । 

युएस नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिन्स्ट्रेनले अमेरिकामा डुकाटी कम्पनीद्धारा उत्पादित मोडल चलाउँनेलाई निर्देशित गरिसकेको छ । एडमिन्स्ट्रेनले बाइकबाट जलेको गन्ध आएमा तत्काल मोटरसाइकल चलाउँन बन्द गर्न सुचना समेत जारी गरेको छ । 


Back_to_top