यी हुन् सस्तो व्याजमा सवारी कर्जा दिने बैंक, कसको व्याजदर कति ?

काठमाडौं । अटोमोवाइल क्षेत्रको व्यापार घट्दै गएको छ । यो समस्या नेपालमा मात्रै होइन विश्वका धेरै देशमा अटो क्षेत्रको कारोबारमा कमी आएको छ । नेपालमा अटो क्षत्रको व्यापारमा कमी अउनुको मुख्य कारण बैंकले दिने कर्जामा कडाई हो ।

नेपाल राष्ट्र बैंकले अटोलोनको सिमा घटाएर अनिर्वाय ५० प्रतिशत रकम जम्मा गर्न सक्नेले मात्रै अटो लोन पाउने व्यवस्था गरेको छ । यसले आफुले अग्रिम जम्मा गर्नु पर्ने ५० प्रतिशत रकम पुर्याउन गाडी किन्नेलाई कठिन भएसँगै अटो कर्जा लिनेको संख्यासमेत घट्दै आएको छ । 

अहिले अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशत हाराहारीमा गाडीको बिक्री घटेको अनुमान गरिएको छ । यस्तोमा ५० प्रतिशत डाउन पेमेन्ट गर्न सक्नेलाई बैंकले कम व्याजदरमै कर्जा उपलब्ध गराउँदै आएका छन् । 

यस्तोमा तपाई गाडी किन्दै हुनुहुन्छ भने सबैभन्दा कम व्याजदरमा कर्जा प्रबाह गर्ने ५ बैंक यसता रहेका छन् । 

१. स्टायडर्ड चार्टडः सबैभन्दा कम व्याजदरमा अटो लोन प्रबाह गर्ने बैंक स्टायडर्ड चाटर्ड हो । बैंकले अटो लोन लिने ग्राहकलाई १ करोड ५० लाख रुपैयाँसम्म दिने जनाएको छ । 

बैंकले अटोलोन लिन चाहनेलाई छिटो सेवा दिने जनाएको छ । त्यसकालागि गाडी खरिद गर्ने मानिसको खरिद गर्न सक्ने क्षमतालाई मुख्य आधार बनाएर अधिकतम ६ वर्षसम्मको लागि कर्जा प्रबाह गर्ने गरेको जनाएको छ । बैंकको आधार व्याजदर (वेसरेट) ७.६३ प्रतिशत रहेको छ । बैंकले त्यसमा केही प्रतिशत प्रिमियम जोडर कर्जा प्रबाह गर्दै आएको छ । 

२. एभरेष्ट बैंकः अहिले बजारमा सस्तो व्याजदरमा अटो कर्जा दिने मध्येको एक हो एभरेष्ट बैंक । बैंकको वेसरेट ८.५२ रहेको र त्यसमा केही प्रिमियम जोडर बैंकले अटोकर्जा दिइरहेको छ । दशैं तिहारको अवसरमा कम्पनीले ९.६६ प्रतिशत व्याजदरबाटै अटो कर्जा उपलब्ध गराएको थियो । 

एभरेष्ट बैंकले बढीमा ७ वर्षको लागि अटो कर्जा प्रदान गर्ने जनाएको छ भने बैंकको नियामानुसार तेस्रो पक्ष बीमासमेत उपलब्ध गराउने जनाएको छ ।

३. एसबीआई बैंकः भारतीय संयूक्त लगानीको बैंक एसबीआईले ९.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले गत चार्डपर्वमा सार्वजनिक गरेको अफर योजनालाई अहिलेपनि चालु राखेको छ । बैंकको वेसरेट भने ९.९४ प्रतिशत रहेको छ । 

४. राष्ट्रिय बाणिज्य बैंकः सरकारी लागनीको राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा कम दरमा अटो कर्जा प्रबाहगर्ने बैंक हो । बैंकले निजी तथा कार्यालय प्रयोजनमा प्रयोग हुने साना सवारीसाधनलाई कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । 

बैंकको वेसरेट यी ५ बैंक मध्य सबैभन्दा कम ६.६ प्रतिशत रहेको छ । यस्तोमा बैंकले त्यसमा केही प्रिमियम थप गरेर कर्जा प्रबाह गर्न सक्ने छ । 

५. नविल बैंकः नेपालमै पहिलो पटक सवारीसाधनमा कर्जा दिन सुरु गरेको बैंक हो नविल । बैंकले पहिलादेखि नै आफ्ना ग्राहकलाई विशेष व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।  

नविल बैंकले ७ वर्षसम्मको लागि अटो कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले ग्राहक हेरर आफ्नो वेसरेट ७.९४ मा ३.५ प्रतिशतसम्म प्रिमियम जोडर कर्जा प्रबाह गरिरहेको छ । 


Back_to_top