यी हुन् बजारमा पाइने ५ महंगा बाइक

काठमाडौं । अनुमान लगाउन सक्नुहुन्छ, नेपाली बजारमा कति मूल्यसम्मका बाइक बिक्री भैरहेका होलान ? सहजै अनुमान लगाउँन नसकिने विषय हो यो । चाहनाको आधारमा विश्व बजारमा सस्तादेखि महंगासम्म गाडी र मोटरसाइकलहरु पाइन्छन ।  विश्व बजारको यो ट्रेन्ड नेपाली बजारमा पनि धेरैथोरै छ । नेपाली बजारमा सामान्यतया ४ लाख मूल्य  सम्मका मोटरसाइकल बढी बिक्री हुन्छन् ।  यद्यपी, पछिल्लो समय नेपाली बजारमै ६१ लाख मूल्य सम्मका बाइक बिक्री हुदै आएको छन ।  विशेषत, बाइकप्रति अधिक रुचि राख्ने युवापुस्ताले  महङ्गो मूल्यका बाइक खरिद गर्ने गर्छन । हार्ले डेभिडसन, एम भी अगस्टा, बिएमडब्ल्यु, डुकाटी, होन्डा लगायतका कम्पनीले तीनै ग्राहकको शौख पुरा गर्ने उदेश्यसहित निक्कै मूल्यका बाइक बिक्री गर्दै आएका छन । नेपाली बजारमा उपलब्ध महंगा बाइक मध्य ५ ब्रान्डका ५ बाइक यी हुन् ।

एमभी अगस्टा एफफोर आरआर


एमभी अगस्टाले नाडा अटोशोमा प्रदर्शन गरेको एफफोर आरआर बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ रहेको छ । ९९८ सीसीको इन्जिनयुक्त यो बाइकको लम्बाई २११५ एमएम, चौडाई ७५० एमएम रहेको छ । ११५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यस बाइकमा १४३० एमएमको ह्वीलवेश दिइएको छ ।

यसमा उपलब्ध फोर सिलिन्डर इन्जिनले १३ हजार ६ सय आरपिएममा २०१ हर्ष पावर र ९ हजार ६ सय आरपिएममा १११ एनएम टर्क उत्पादन गर्छ । यसको प्रmन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ  ।

हार्ले डेभिडसन आइरन ८८३


हार्ले डेभिडसनले आइरन ८८३ बाइक ४५ लाख ८५ हजार रुपैयाँमा  बिक्री गर्दै  आएको छ । क्रुजर डिजाइनमा निर्माण भएको यस बाइकको उचाइ ७६० एमएम रहेको छ । ह्विलबेस १५ सय १५ रहेको यस बाइकमा १२.५ लिटरको इन्धन ट्यांकी लगाइएको छ । एबिएसको विशेषताययुक्त बाइकमा ५ स्पिड ट्रान्समिसनको सुविधा छ ।

यसमा उपलब्ध ८८३ एयरकुल्ड सीसीको इन्जिनले ३५ सय आरपीएममा ७० एनएम टर्क उत्पादन गर्छ भने ५५ सय आरपिएममा ५०.६ पीएस पावर जेनेरेट गर्छ । हार्ले डेभिड्सनले डुकाटी, होन्डा, सुजुकीलगायत ब्रान्डसँग प्रतिस्पर्धा गर्दै आएको छ ।

होन्डा सिबिआर ६०० आरआर


होन्डाले महङ्गो मूल्यको सिबीआर ६०० आरआर बाइक ३१ लाख ५० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । यो बाइकमा ५९९ सीसीको रेस रेडी लिक्वीड कूल्ड डिओएचसि १६ भल्भ इनलाइन फोर सिलिन्डर इन्जिन लगाइएको छ । यो इन्जिनले १३ हजार ५ सय आरपिएममा ११८ हर्ष पावरका साथै ११ हजार २ सय ५० आरपिएममा ६६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएकोछ ।

यसको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । २०३० एमएम लम्बाई, १११५ एमएम उचाई, ६८५ चौडाइ भएको यस बाइकमा १३५ एमएमको ह्वीलवेश र १३७५ एमएमको ह्वीलवेश दिइएको छ ।

बेनेली टिएनटी ६०० आई


बेनेलीले नेपाली बजारमा बिक्री गर्दै आएको टिएनटी ६०० आइलाई पनि महङ्गो मूल्यको बाइकको सुचिमा राखिन्छ ।  यसको मूल्य १९ लाख रुपैयाँ रहेको छ । यसमा उपलब्ध ६०० सीसीको फ्युल इन्जेक्टेड इन्जिनले १०५०० आरपिएममा ५४.६ एनएम टर्कका साथै ११ हजार ५ सय आरपीएममा ८६.२४ हर्ष पावर उत्पादन गर्छ ।

यसको इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएको छ । यसमा डबल च्यानल एबिएस, हेडल्याम्प, एनालग टेकोमिटर, हेलोजन लाइट लगायतका विशेषता दिइएको छ । यसको लम्बाई २१६० एमएम, चौडाई ८०० एमएम र उचाई ११८० एमएम रहेको छ भने १४८० एमएमको ह्वीलवेश र १५० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

बिएमडब्ल्यु जी ३१० जीएस


यो बाइक ११ लाख नेपाली रुपैयाँमा बिक्री भैरहेको छ । बीएमडब्ल्यू जी–३१० जीएसमा उपलब्ध ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसमा ड्यूल च्यानल स्वीच गर्न सकिने सिस्टमसहितको स्ट्यान्डर्ड एबीएस दिएको छ । यसको लम्बाई २०७५ एमएम, चौडाई ८८० एमएम, उचाई १२३० एमएम  रहेको छ ।


Back_to_top