द्रुतगतिमा बाइक चलाउनेले सुरक्षीत हुन जान्नु पर्ने ५ उपाए

काठमाडौं । युवाहरु मोटरसाइकल प्रति आकर्षित हुनु स्वभाविक मानिन्छ । त्यसमा पनि फास्ट राइडिंग गर्नु प्राय युवापुस्ताको शोख पनि हो । प्राय युवाहरु तिब्र गतिमा मोटरसाइकल चलाउने गर्छन् । 

मोटरसाइकल यात्रालाई जति रोमान्चक मानिन्छ, दुर्घटनाको दृष्टिकोणले त्यति नै असुरक्षीत पनि हुने गर्छ । पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ । यद्यपी सडक दुर्घटनामा पनि सबैभन्दा बढी मोटसाइकल नै पर्ने गरेको छ । त्यसैले पनि चालकले कसरी ड्राइभिंग गर्दा आफु सुरक्षीत रहन सकिन्छ भन्ने थाहा पाउन आवश्यक हुन्छ । यहाँ सुरक्षीत ड्राइभिंगका केही टिप्स दिइएको छ ।

सर्टिफाइट हेलमेटको प्रयोग

प्राय कमसल हेलमेट प्रयोगका कारण दुर्घटनाको क्रममा चालक वा पछाडि बस्ने यात्रुको मृत्यु हुने सम्भावना धेरै हुन्छ । मोटरसाइकल चालकले राइडिंगको  समयमा अनिवार्य रुपमा डर्ट सर्टिफाइट हेलमेटको प्रयोग गर्नुपर्छ । यस्ता हलमेटमा राम्रो मेटिरियल प्रयोग गरिएको हुन्छ । जसले दुर्घटनाको समयमा टाउकोमा असर पर्नबाट जोगाउछ । 

नेपाली बजारमा डर्ट सर्टिफाइट हेलमेट कमै बिक्ने गर्छन । त्यसमा पनि चालक स्वयंमले कम मूल्यको हेलमेट खरिद गर्ने गर्छन् । जसका कारण पनि दुर्घटनाको समयमा मृत्यु हुनेको संख्या बढ्छ । सकेसम्म हेलमेट खरिद गर्दा रोड साइड सेलबाट किन्न हँुदैन । 

स्पीड

प्राय नयाँ पुस्ताका चालकले प्रतिस्पर्धा गरेरै मोटरसाइकल हाँक्ने गर्छन् । अत्याधिक गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर पुग्न जाँदा दुर्घटना हुने गर्छ । त्यसैले बाइक चलाउँदा सडकको अवस्था र नियम अनुरुप आफ्नो मोटरसाइकलको स्पीड कायम गर्नुपर्छ । 

लिमिटेसन

बाइक चलाउदा एउटा लिमिटेसन बनाउनु पर्छ । जुन लिमिटमा चलाइएको छ सकेसम्म सोही लिमिटलाई कायम राख्ने प्रयास गर्न्ुपर्छ । 

दुबै ब्रेकको प्रयोग गर्न सिक्ने

बाइकमा उपलब्ध दुबै ब्रेकको प्रयोग गर्न जान्नुपर्छ । यसले राइडिंगलाई थप सुुरक्षीत बनाउने छ भने पर्फेक्ट राइडर बन्नका लागि दुबै ब्रेक लगाउन सिक्नुपर्छ । 

एन्टी लक ब्रेकिंग सिस्टम

पछिल्लो समय बजारमा आएका मोटरसाइकलमा एन्टीलक ब्रेकिंग सिस्टमको विशेषता उपलब्ध हुन सुरु भएको छ । कम्पनीले मोटरसाइकललाई थप सुरक्षीत बनाउँन यो विशेषता दिने गरेका हुन् । 

चालकले सकेसम्म एन्टी लक ब्रेक सिस्टम युक्त मोटरसाइकल खरिद गर्दा राइडिंग सुरक्षीत हुने संभावना रहन्छ । 


Back_to_top