अर्काे वर्षबाट बिक्री हुँदै फ्लाइङ कार, पाइलट लाईसेन्सको अनिवार्यता (भिडियाेसहित)

ट्राफिक जामले हैरान हुनुहुन्छ ? नअात्तिनुस बजारमा अब उड्ने कार अाउन लागेकाे छ । भोल्भो कम्पनीको स्वामित्वमा सञ्चालित टेराफ्युजिया स्टार्टअपले निर्माण गरेको फ्लाइङ इलेक्ट्रीक कार ट्रान्जिसन २०१९ बाट बजारमा बिक्री हुने भएको छ । कम्पनीले ग्राहक प्रयोजनका लागि अर्काे वर्षबाटै हाइब्रिड फ्लाइङ इलेक्ट्रीक कार बिक्री वितरण गर्ने घोषणा गरेको हो ।

टेराफ्युजिया ट्रान्जिसनका अनुसार कम्पनीले फ्लाइङ कारको उत्पादन अन्तिम चरणमा पुगेको छ । ट्रान्जिसनले फ्लाइङ कारको निर्माणको क्रममा धेरैपटक परिक्षण तथा मेकानिकल पार्टसकाे निरीक्षण गरिसकेको जनाएको छ । कम्पनीले कारको सुरक्षालाई ध्यानमा राख्दै हाइब्रिड इलेक्ट्रीक मोटरको प्रयोग गरिएको जनाएकाे छ । यसमा दुईजना यात्रु सवार हुन सक्नेछन् । साथै, सामान राख्नकोलागि स्पेश, इम्प्रुब्ड सिटबेल्ट, एयरब्याग, रिअरभ्यू क्यामरा तथा नयाँ प्यारासुट सिस्टम समेत लगाइएको छ ।

हाइब्रिड इलेक्ट्रीक मोटरमा ट्रेडिशनल इन्टरनल कम्बशन इञ्जिन तथा लिथिएम फोस्फेट केमिस्ट्री ब्याट्रीयुक्त मोटर लगाइएको छ । कम्पनीले यो ब्याट्री सामान्य लिथिएम ब्याट्रीको तुलनामा सुरिक्षत हुने दाबी गरेको छ । प्रोटोटाइपमा देखिएअनुसार यसमा फोल्ड हुने विंग्स राखिएको छ । यसमा फिक्स्ड ल्यान्डिङ गियर दिइएको छ । यो कार एयरप्लेन मोडमा करिब १६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा उड्न सक्छ भने यो १० हजार फिटको उचाईसम्म उड्न सक्ने कम्पनीले जनाएको छ ।

यसले फेडेरल एभिएसन एडमिस्ट्रेशनबाट २०१६ मा लाइट स्पोर्टस एयरक्राफ्टको मान्यता पाइसकेको छ । यो सञ्चालनको लागि पाइलट लाइसेन्सको पनि अनिवार्यता गरिएको छ ।


Back_to_top