फोर्डको नयाँ फिगो बिहीवार नेपालमा सार्वजनिक हुने, यस्ता छन् पुरानो र नयाँबीच भिन्नता

काठमाडौं । अमेरिकी मोटर कम्पनी फोर्डले गत शुक्रबार भारतीय बजारमा आफ्नो चर्चित कार फिगोको फेसलिफ्ट मोडल सार्वजनिक गरेको थियो । भारतीय बजारमा सार्वजनिक भएको एक साता नबित्दै फिगो फेसलिफ्ट नेपाली बजारमा ल्याउने भएको हो । 

फोर्डको नेपालका लागि अधिकारिक बिक्रेता जीओ अटोमोबाइलले आगामी चैत ७ गते बिहिवार फिगो फेसलिफ्ट सार्वजनिक गर्ने भएको छ । 

राजस्थानको जोधपुरमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले फिगो फेसलिफ्ट सार्वजनकि गरेको हो । फोर्डले फिगो फेसलिफ्ट तीन भेरियन्ट र दुई फ्युल इन्जिन अप्सनमा बजारमा ल्याएको छ ।

कम्पनीले नयाँ फिगोको १२०० पार्टमा परिर्वतन गरेको जनाएको छ । यस्तोमा नयाँ फिगो र पुरानो फिगोबीचमा कस्तो फरक रहेको छ भन्नेबारे जानकारी दिने उद्देश्यले हामीले तुलनात्मक भिन्नता देखाउने प्रयास गरेका छौं ।

इन्जिन

फोर्ड फिगो फेसलिफ्टमा १.२ र १.५ लिटर थ्री सिलिन्डर नेचुरल्ली इन्स्पायर्ड पेट्रोल, १.५ लिटर पेट्राेल इन्जिन अटाेमेटिकमा मात्रै उपलब्ध रहेकाे छ । साथै, १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन दिइएको छ । जुन इन्जिन यसअघि फ्रिस्टाइलमा दिइएको थियो । पुरानो मोडलमा ४ सिलिन्ड इन्जिन दिइएकोमा नयाँ फेसलिफ्टमा ३ सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ ।

११९४ सीसी क्षमताको पेट्रोल इन्जिनले ९६ पीएस पावर उत्पादन गर्छ तर, पुरानो फिगोको पेट्रोल इन्जिनले ८८ एचपी पावर प्रदान गथ्र्यो अटाेमेटिकमा दिइएकाे इन्जिनले १२३ पीएस पावर प्रदान गर्छ। यसरी पावरको हिसाबले हेर्ने हो भने नयाँ फेसलिफ्ट फिगो निकै पावरफुल रहेको छ ।

डिजेल इन्जिनमा पनि पावर निकै बढाइएको छ । यसमा रहेको ४ सिलिन्डर टर्बोचार्ज्ड इन्जिनले १०० पीएस पावर र २१५ एनएम टर्क जेनेरट गर्छ । जुन पुरानो मोडल सहर हो ।

यी दुबै इन्जिनमा समान ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै ६ स्पीड टर्क कन्र्भटर लगाइएको छ । फिगो फेसलिफ्टले प्रतिलिटर २०.४ किलोमिटर माइलेज प्रदान गर्छ भने, पुरानो रेगुलर मोडलले १८.१६ किलोमिटर माइलेज दिने एआरआईले सटिफाई गरेको छ ।

डायमेन्सन

फिगो फेसलफ्टिको लम्बाई ३९४१ एमएम, चौडाई १७०४ एमएम र उचाई १५२५ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २४९० एमएमको दिइएको छ । ग्राउन्ड क्लियरेन्स भने पुरानै जति १७४ एमएम रहेको छ ।

रेगुलर पुरानो मोडलको लम्बाई ३८८६ एमएम, चौडाई १६९५ र उचाई १५२५ एमएम रहेको छ भने, २४९१ एमएमको ह्वीलवेश रहेको छ । यसरी कारको डायमेन्सनलाई तुलनात्मक रुपमा हेर्दा नयाँ फिगो पुरानोको तुलनामा केही लामो र फराकिलो रहेको छ । नयाँ फिगोमा पुरानोकै जस्तो २५७ लिटरको बुट स्पेश दिइएको छ ।

फिचरमा परिर्वतन

नयाँ  फिगो फेसलिफ्टमा कस्मेटिक परिर्वतनसमेत थुप्रै पाउन सकिन्छ । यसको अगाडिको बम्परमा निकै ठूलो परिर्वतन गरिएको छ, स्पाेर्टी सेलुलर हनिकब फ्रन्ट ग्रिल, टुईन हेडल्याम्प र १५ इन्च अलोय ह्वील नयाँ फेसलिफ्टमा पाउन सकिन्छ । यसमा दिइएको डियुल टोन रुफले फिगोलाई पुरानो रेगुलर मोडलको तुलनमा निकै आर्कषक र स्पोर्टी देखाएको छ । 

यसमा रिडिजाइन ड्यासबोर्ड, किलेस इन्ट्री, पुस बटन स्टार्ट, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हेड युनिटसँगै इन व्यूल्ट नेभिगेसन फिचर दिएको छ ।

यसमा दिइएको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टमले कारकाे ड्यासबाेर्डलाइ निकै आर्कषक बनाएको छ । यस्तै, फेलिफ्टमा पावर विंग मिरर, क्लाइमेट कन्ट्रोल, ६ वटा एयरब्याग, एबीएस, इबीडी, सिट बेल्ट वार्निङ जस्ता फिचरले नयाँ फिगोलाई निकै सुरक्षित बनाएको छ ।

मूल्य

नेपाली बजारमा फोर्डको नयाँ फिगो बिहीवार सार्वजनिक हुनेछ । नेपालको लागि फोर्डको आधिकारीक बिक्रेता जिवो फोर्डले नयाँ फिगो काठमाडौं ल्याइसकेको जनाएको छ । उक्त नयाँ मोडल फिगो भारतीय बजारमा पुरानोको तुलनमा केही कम मूल्य र बढी फिचरका साथ सार्वजनिक भएको छ । यसले बजारमा प्रतिस्पर्धी मोडललाई चुनौति थपेको विश्लेषण सुरु भएको छ । नेपाली बजारमा यसको मूल्य कति पर्छ भन्ने विषयमा कम्पनीले केही जानकारी दिएको छैन ।

भारतीय बजारमा फेसलिफ्ट फिगोको सुरुवाती भेरियन्टको मूल्य ५ लाख १५ हजार भारु तोकिएको छ भने, टप भेरियन्टको मूल्य ८ लाख ९ हजार तोकिएको छ । तर, पुरानो भेरियन्टको सुरुवाती मूल्य भने ५ लाख ८३ हजार भारु र टप भेरियन्टको मूल्य ८ लाख ४६ हजार भारु रहेको थियो ।


Back_to_top