चीनमा फोर्डको इलेक्ट्रीक एसयूभी तयार, यस्तो छ मूल्य र माइलेज

फोर्डको टेरोटीरो इलेक्ट्रीक कार चीनमा निर्माण गर्ने घोषणा केही महिना अगाडि भएको थियो । अब भने कम्पनीले यो इलेक्ट्रीक एसयूभी तयार गरेको छ । कम्पनीले यसको चिनियाँ बजारमा सुरुवाति मूल्य २७ हजार ८२७ अमेरिकी डलर तोकेको छ ।

चिनियाँ मोटर उत्पादक कम्पनी जिङ्ग मोटर्ससँगको सहकार्यमा उत्पादन भएको यो एसयूभीमा लिक्वीड कुल्ड व्याट्री प्रयोग गरिएको छ । ४९.१४ किलोवाटको व्याट्री जडान भएको एसयूभीले एक पटकको फुल चार्जमा २६० किलोमिटर मायलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

१२० किलोवाट पर आवरको इलेक्ट्रीक मोटर लगाईएको यो एसयूभी चीनमा मात्रै बिक्री गर्ने जनाइएको छ । यस एसयूभीको उच्चगति १५० किलोमिटर प्रतिघन्टा रहने छ ।

साधारण घरायसी प्लगबाट चार्जगर्दा करिब ८ घन्टा ३० मिनेटमा फुलचार्ज हुने दाबी गरिएको एसयूभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ४० मिनेटमा ८० प्रतिशत चार्ज हुने दाबी गरिएको छ । 


Back_to_top