सुजुकी जिक्सरको दुई मोडलका ६ नयाँ भेरियन्ट सार्वजनिक (मूल्यसहित)

Not found

काठमाडौ । नेपालका लागि सुजुकीको आधिकारीक बितरक भीजी अटोमोबाइल्सले आजबाट सुरु भएको नाडा अटो शो २०१९मा दुई नयाँ मोटरसाइकलको ६ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले जिक्सर १५० र जिक्सर २५० मोटरसाइकलको नेकेड, एसएफ र मोटोजीपी एडिसन सार्वजनिक गरेको हो । 

सुजुक जिक्सर २५० एसएफ, नेकेड र मोटोजीपी

सुजुकीले जिक्सर २५० मोटरसाइकलको एसएफ, नेकेड र मोटोजीपी एडिसन एक साथ अटो शोमा प्रदर्शनी गरेको छ । यो मोटरसाइकलमा सिंगल सिलिन्डर फ्यूल इन्जेक्टेड २५० सीसीको इन्जिन रहेको छ । उक्त इन्जिनले २५ पीएस पावर जेनेरेट गर्ने कम्पनीले जनाएको छ । यसमा ६ स्पीड ट्रान्समिसन रहेको छ ।

ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसका साथ आएको नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

यो बाइकले यामाहा फेजर २५० सँग प्रतिस्पर्धा गर्नेछ । नेपाली बजारमा यसको एसएफ मोडलको मूल्य ४ लाख ९६ हजार ९००, मोटोजीपी एडिसनको ४ लाख ९९ हजार ९०० र नेकेड भर्सनको मूल्य ४ लाख ६१ हजार ९०० रुपैयाँ तोकेको छ । 

सुजुकी जिक्सर १५० मा एसएफ, नेकड र मोजोजीपी

जिक्सर १५० मा पनि तीन भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले एसएफ मोडलको मूल्य ३ लाख ६८ हजार ९००, नेकेड भेरियन्टको ३ लाख १५ हजार ९०० र मोटोजीपी भेरियन्टको मूल्य ३ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ । 

विभिन्न तीन कलर अप्सनमा उपलब्ध नयाँ जिक्सरमा आकर्षक एलइडी हेडल्याम्प, नयाँ फ्युल ट्यांक, जिक्सर प्रिन्ट नयाँ ग्राफिक्सको विशेषता दिइएको छ भने १२ लिटरको इन्धन ट्यांकी रहेको छ ।

बाइकमा स्पीलिट सिट, ब्ल्याक आउट अलोय ह्वील, रेड स्ट्रेपलगायतको डिजाइन परवर्तन गरिएको छ । जिक्सर १५० मा दिइएको १५५ सीसी सिंगल सिलिन्डर इन्जिनले १४.१ पीएस पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ ।



image not found