गल्फको डिलर कन्फ्रेन्स सम्पन्न, यी डिलर भए पुरस्कृत

Not found

काठमाडौं । गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०७६\७७ को डिलर कन्फ्रेन्स गरेको छ । उक्त कन्फ्रेन्सको ट्यागलाइन ‘क्रिएटिङ ब्लुप्रिन्ट्स फर बेटर फ्युचर’ थियो । 

कन्फ्रेन्सलाई कम्पनीको रणनीतिक छलफल र पुरस्कार समारोह गरी दुई भागमा बाँडिएको थियो । सो अवसरमा गल्फका आधिकारिक वितरकहरु मध्येबाट उत्कृष्ट वितरकलाई विभिन्न शिर्षकमा पुरस्कृत गरिएको छ । 

एक सय किलोलिटर भन्दा बढी बिक्री गर्ने मध्ये बुटवलको न्यू भैरव लुब्रिकेसन पहिलो नम्बरमा पर्न सफल भएको छ । त्यसैगरी काठमाडौं चावहिलको एभ ट्रेडिङ प्रालिले दोस्रो र धनगढीको सयपत्री स्टोर्सले तेस्रो स्थान हासिल गरेका छन् । 

एक सय किलोलिटरभन्दा कम बिक्री गर्ने मध्येबाट नेपालगञ्जको रवि ट्रेडर्स, भक्तपुरको डीजी ट्रेड एन्ड सेन्टर र काठमाडौं सीतापाइलाको कुसुम इन्टरप्राइजेज क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका छन् । 

त्यसैगरी ललितपुरको नेपाल अटो ट्रेडर्स बेस्ट सेल्स इन टु ह्विलर, सुर्खेतको कर्णाली इन्टरप्राइजेज बेस्ट न्यु कमर र बुटवलको न्यु भैरव लुब्रिकेसन फर्स्ट ग्लोरियस इन्ट्रान्स इन २०० केएल उपाधिका साथ सम्मानित भएका छन् । 

कन्सिस्टेन्ट पर्फमरको रुपमा दमकको जे एन्ड के इन्टरप्राइजेज, कावासोतीको आरएस ट्रेडिङ, लहानको महिन्द्रा आयल एन्ड ट्रेड कन्सर्न र जनकपुरको एसआर इन्टरप्राइजेज पुरस्कृत भएका छन् । 

नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीले वितरकहरुलाई पुरस्कृत गरेका थिए । नेपाल ल्युब आयल लिमिटेड गल्फ आयल इन्टरनेसनलको इजाजत प्राप्त कम्पनी हो । जसले गल्फ लुब्रिकेन्ट्स नेपालमै उत्पादन र बिक्री–वितरण गर्छ । गल्फ आयल कर्पोरेसन लिमिटेडको ट्रेडमार्क एग्रिमेन्ट अनुसार सन् १९८३ मा ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गरी यसले कार्य थालेको थियो ।



image not found