नेपाल आयो थाई ब्रान्डको बाइक, यस्तो छ मूल्य

Not found

काठमाडौं । थाइल्यान्डको मोटरसाइकल उत्पादक कम्पनी जीपी मोटरका मोटरसाइकल नेपाल भित्रिएका छन् । जीपीएक्स मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा ओमेगा अटोमोबाइल रहेको छ । कम्पनीले केही समयअघि मात्र उक्त मोटरसाइकल भित्र्याएको हो । 

कम्पनीले हाल जीपीएक्सका ३ वटा मोडल भित्र्याएको छ । जीपीएक्स डेमोन १५० सीसी सेगमेन्टको मोटरसाइकल हो । यसको बजार मूल्य ३ लाख ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । 

त्यस्तै अर्को मोडल लिजेन्ड हो जुन २ सय सीसी इन्जिन क्षमताको रहेको छ । यसको मूल्य ४ लाख ६६ हजार ७ सय रहेको कम्पनीको भनाई छ । जीपीएक्स जेन्टलमेन २०० पनि उपलब्ध रहेको छ । २ सय सीसी इन्जिन क्षमताको यो मोटरसाइकल मूल्य ४ लाख ८३ लाख ७ सय रुपैयाँ रहेको छ । 

भदौ १० गतेदेखि हुने नाडा अटो शो २०१९ मा कम्पनीको समेत सहभागिता रहने छ । अटो शोमा कम्पनीले नयाँ मोडलसमेत भित्र्याउने अनुमान गरिएको छ । 



image not found