ग्रान्ड अटो कपको टाइसिट सार्वजनिक, भोली खेल हुने

Not found

विगत ५ वर्षदेखि द ग्रान्ड अटो कप गर्दै आएको ड्रिमस् मर्चेन्ट नेपालले यस वर्ष पनि यही जेठ २३ गते पाँचौं ग्रान्ड अटो कप फुटसल आयोजना गर्ने भएको छ । गत वर्ष जस्तै यो वर्ष पनि नेपालमा उपलब्ध अटोमोबाइल बाण्डहरुको सहभागिता रहेको छ । 

नेपालस्थित आधिकारीक बिक्रेताहरुका कर्मचारीबीचमा यो अटो कप हुने भएको हो । यो अटो अपको सहप्रायोजक हिटको प्रालि रहेको छ  । अटो मोबाइल कम्पनीहरुबीच साथीत्व तथा मेलमिलाप र एक आपसमा मनोरञ्जन प्रदान गर्ने उद्देश्य अटो कप आयोजना गरिएको आयोजकको भनाई छ । 

२०१९ को अटो कपमा  महिन्द्रा, टीभीएस, हुन्डाई, हार्ले डेभिडसन, जीप, कोबेल्को, निसान, फोर्ड कम्पनीको सहभागिता रहनेछ । २०१८ को अटो कपमा सुजुकी टूह्वीलर, सुजुकी फोरह्वीलर, टीभीएस, फक्सवागन, महिन्द्रा, अशोकलेल्याण्ड, फोर्ड, सुबारु, निसान, रनर, जेसीबी, रेनोको सहभागीता रहेको थियो ।

दुई समूहमा विभागन गरेर खेलाइने फुटसलमा समूह कमा जीप, कोबेलको, हुन्डाई र फोर्ड रहेको छ । त्यस्तै समूह खमा टीभीएस, हार्ले डेभिडसन, महिन्द्रा र निसान रहेको छ । फुटसल खेल नेशनल स्पोर्टस सेन्टरमा हुनेछ । 



image not found