अब हुन्डाई ग्रान्ड आई-१० ‘नियोस’, आर्कषक ड्यासबोर्डले लोभ्याउँछ

काठमाडौं । हुन्डाईले ग्रान्ड आई-१० को नयाँ संस्करणको तस्बिर सार्वजनिक गर्दै भारतमा आजबाट बुकिङ्ग खुलाएको छ । कम्पनीले ग्रान्ड आई-१० को नाममा ‘नियोस’ शब्द जोड्दै ११ हजार भारु तिरेर बुकिङ्ग गर्न सकिने जनाएको हो । 

नेपाली बजारमा समेत बिक्री भइरहेको यो मोडलको नयाँ संस्करण अगस्ट २० मा भारतमा सार्वजनिक भएपछि नेपाली बजारमा समेत आउने छ । 

ग्रान्ड आई-१० नियोसमा १.२ लिटर कप्पा इन्जिन दिइएको छ । यसले ८३ बीएच पावर उत्पादन गर्छ भने ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन दिइएको छ ।

साथै, कम्पनीले यसलाई १.२ लिटर सिआरडीआई डिजेल इन्जिनमा समेत ल्याउने छ, उक्त डिजेल इन्जिनले ७२ पीएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यसको सेन्टर कन्सोलमा निकै ठूलो परिवर्तन गरिएको छ । नयाँ इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वीलले गाडीलाई निकै प्रिमियम बनाएको छ । 

यसमा हुन्डाईको कनेक्टेड कार टेक्नोलोजी दिइएको छ । कारमा हुन्डाई भेन्यूको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट उपलब्ध रहेको छ । 

ग्रान्ड आई-१० को एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जडान गरिएको छ । 

स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ । यसमा मेसिन कट अलोय ह्वील लगाइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको विशेषता पाउन सकिन्छ । 


Back_to_top