हार्लेको २५० सीसीको सस्तो बाइक आउदै, यस्तो छ मूल्य

हार्ले डेभिड्सनले इन्ट्रिलेवल बाइक बनाउने घोषण गरिसकेको छ । हार्लेले अब भारतीय बजारमा २५० सीसीदेखि ५०० सीसीसम्मका बाइक बनाउने भएको हो । यी इन्ट्रिलेवल बाइक निमार्ण पश्चात भारतीय बजारमा हार्लेको उपस्थिती बलियो हुुने विश्वसा कम्पनीको छ ।

हाल हार्लेको सबै भन्दा कम सीसीको बाइक भनेको ५०० सीसी बाइक हो । भारतीय बजारमा भने स्ट्रिट ७५० नै इन्ट्रिलेवल बाइकको रुपमा रहेको छ । अब आउने इन्ट्रिलेवल बाइक २५० देखि ३०० सीसी सेग्मेन्टमा हुने छ । यो सेग्मेन्टमा बीएमडब्लूले आफ्नो उत्पादन बजारमा ल्याइसकेको छ ।

२५० सीसी इन्ट्रिलेवलमा बन्ने हार्लेको बाइकमा टेलिस्कोप फर्क, सेमि–डिजिटल कन्सोल, २५० सीसी इन्जिन, भी ट्वीन सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन जस्ता फिचर समावेश हुने अनुमान रहेको छ । यो इन्जिनले २५ पीएस पावर तथा ३० एनएम टर्क उत्पादन गर्न सक्छ ।

यो स्ट्रिट मोडलमा ६ स्पिडको गियरबक्स दिइने छ । यसको दुवै ह्वीलमा डिस्क ब्रेक प्रयोग गरिने छ भने डबल च्यानल एबीएस सुविधा उपलब्ध रहने छ ।

भारतीय बजारमा बजाज केटीएम, टीभीएस बीएमडब्लू जस्तै हार्लेले पनि कुनै लोकल ब्राण्डसँग सहकार्य गरेर २०२० सम्ममा भारतीय बजारमा इन्ट्रिलेवल बाइक ल्याउने जनाइएको छ । यसरी भारतीय प्लान्टमा उत्पादन हुने हार्लेको २५० सीसी बाइकको मूल्य २ लाखदेखि २ लाख ५० हजार भारतीय रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।


Back_to_top