पावरफुल इन्जिनमा हिरोको ४ नयाँ मोटरसाइकल

Not found

काठमाडौं । लामो समयदेखि कम्युटर मोटरसाइकलको सेग्मेन्टमा दबदबा कायम राखेको हिरो कम्पनी एन्ट्री लेभल प्रिमियम सेग्मेन्टको मोटरसाइकलको उत्पादनमा केन्द्रित भइरहेको छ । 

केही महिनाअघि २०० सीसी सेग्मेन्टमा तीन नयाँ मोटरसाइकल ल्याएको कम्पनीले अब ३०० सीसी सेग्मेन्टमा चार नयाँ मोटरसाइकल निर्माण गर्ने भएको हो । कम्पनीले  एकै प्लाटफर्म र पावरट्रेन सहित निर्माण गर्ने यी मोटरसाइकल हेभी डिजाइनमा आउने छन् । एक्स सिरिजमा सार्वजनिक हुने नयाँ मोटरसाइकल यसप्रकार रहने छन् । 

एक्सएथ्रीआर 

हिरोले २०१६ को अटो एक्स्पोमा प्रदर्शन गरेको एक्सएथ्रीआर स्ट्रिटफाइटर बाइकलाई अब भने कम्पनीले बजारमा उतार्ने भएको छ । यस मोटरसाइकलमा मस्कुलर डिजाइन, सिंगल साइडेड रियर स्विंगआर्म र मोटो सस्पेन्सन सेटअप लगाइएको छ । 

यसमा एलइडी हेडल्याम्प, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्प्लिट सीट सेटअपको विशेषता दिइने छ  । मोटरसाइकलको दुबै पाङ्ग्रामा डिस्क ब्रेक र डबल च्यानल एबीएस फिचर उपलब्ध हुने जनाइएको छ । यो स्ट्रिटफाइटर मोटरसाइकलमा ३०० सीसी क्षमताको इन्जिन रहने छ । 

हिरो एक्सपल्स–३००

हिरो मोटर्सकपले केही समय अगाडि भारतीय बजारमा एक्सपल्स–२०० सार्वजनिक गर्याे । यसको सफलतापछि कम्पनीले नयाँ पावरफुल इन्जिनमा ‘एक्सपल्स–३००’ ल्याउन लागेको हो । 

यस बाइकलाई आकर्षक बनाउनका लागि एक्सपल्स २००को तुलनामा कस्टेमेटिक रुपान्तरण गरिने छ । उक्त मोडलमा पावरफुल एलइडी हेडल्याम्प, ठूलो तथा मस्कुलर फ्युल ट्यांकी, स्पोर्टी लुक, राम्रो प्याडल स्प्लिट सिट तथा नयाँ डिजाइनको एलइडी टेलल्याम्पको विशेषता दिइने जनाइएको छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध यस बाइकमा सुरक्षाको लागि डबल च्यानल एबिएसको फिचर दिइने छ । 

२०० को तुलनामा मोटरसाइकलको सस्पेन्सनलाई थप सुधारिएको हुनेछ । यसमा उपलब्ध ३०० सीसी सिङ्गल सिलिन्डर लिक्वीड कुल्डफ्युल इन्जेक्टेड इन्जिनले २५ हर्ष पावरका साथै २३ एनएम टर्क उत्पादन गर्छ ।

एक्सट्रीम ३०० एस

हिरो मोटर्सकपले यहि प्लाटफर्ममा निर्माण हुने फुल फेयर्ड बाइक एक्सट्रीम ३०० एस आगामी वर्ष सार्वजनिक गर्ने तयारी गरेको छ । एक्सट्रीम २०० एसको जस्तै स्टाइलमा आउने यो बाइकमा नयाँ डिजाइनको फ्रन्ट फेयरिङ, मस्क्युलर फ्युल ट्यांकी, स्प्लिट सिट तथा नयाँ डिजाइनको एलइडी हेडल्याम्पको विशेषता दिइने जनाइएको छ । यसमा पनि, अन्य दुई बाइकमा उपलब्ध समान इन्जिन रहने छ । 

एक्सपल्स ३०० टी

एक्सपल्स भर्सन अन्तर्गत सबैभन्दा पावरफुल बाइकको रुपमा आउने ‘एक्सपल्स–३०० टी’ राइडिङ्गलाई मध्यनजर गर्दै निर्माण गरिएको हो । टुटर भेरियन्टमा आउने यस बाइकमा मोटो सस्पन्सन सेटअप, ठूलो साइजको फ््युल ट्यांकी, ट्युबलेस टायर तथा आरामदायी सिंगल पिश सिट लगाइने छ । 



image not found