हिरोको नयाँ स्कुटर ‘फल्यास’ सार्वजनिक, माइलेज ६५ किमी, मूल्य २५ हजार

हिरो मोटर्सले आफ्नो नयाँ स्कुटर फल्यास सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो स्कुटर इलेक्ट्रीक स्कुटर हो । यो स्कुटरले एकपटकको चार्जमा ६५ किमी माइलेज दिने कम्पनीले दाबी गरेको छ । 

भारतीय बजारमा यसको एक्स शोरुम मूल्य २५ हजार ४९० भारतीय रुपैयाँ तोकिएको छ । 

पछिल्लो समय भारतीय कम्पनी हिरो मोटो कर्पले इलेक्ट्री सवारीमा लगानी बढाउँदै लगेको छ । कम्पनीले छोटो दुरीमा रहेर घर र अफिस गर्ने ग्राहकलाई लक्षित गर्दै यो स्कुटर ल्याएको जनाएको छ । 

४८ भोल्ट पावरको ब्याट्री दिइएको यसको ब्याट्री करिब ७ देखि ८ घन्टामा फुलचार्ज हुने छ । यसको सडकमा टप स्पिड २५ किलोमिटर प्रतिघन्टा रहेको छ । 

यस स्कुटरमा दिइएको अलोयह्वील निकै आर्कषक र दमदार रहेको छ । कम्पनीले यसको टप स्पिड २५ किलोमिटर बनाउनुको कारण बाइकको रजिष्ट्रेसन र लाईसेन्स बिना चलाउन सकुन भनेर गरिएको आँकलन गरिएको छ । 

भारतीय मोटर ह्वील एक्ट अनुसार २५ किलोमिटर भन्दा कम टप स्पिड भएका बाइकलाई रजिष्टेशन र लाईसेन्स दुबैको आवस्यकता पर्दैन ।

नेपाली बजारमासमेत हिरो इलेक्ट्रीक स्कुटरहरुको बिक्री वितरण हुँदै आइरहेको छ । 


Back_to_top