अटो शोमा आयो हिराेको एडभेन्चर बाइक ‘एक्सपल्स-२००’

काठमाडौं । हिरो मोटर्सकपकाे उत्पादन एडभेन्चर मोटरसाइकल एक्सपल्स–२०० र एक्सपल्स–२०० टी नेपाली बजारमा आएकाे छ । हिरोको लागि नेपालको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ (एनजीम)ले कम्पनीको पछिल्लो र पहिलो डट बाइकलाई नेपाली बजारमा ल्याएकाे हो । 

नेपाली बजारमा एडभेन्चर मोटरसाइकलको बजार बिस्तार हुँदै गएसँगै कम्पनीले नाडा अटो शो २०१९ मा उक्त बाइक सार्वजनिक गरेकाे हाे । 

नेपाली बजारमा यी बाइकको मूल्य भने सार्वजनिक गरिएकाे छैन । मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको यी मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ । राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ । साथै, कम्पनी यो बाइकलाई फ्युल इन्जेक्टेड र कार्बोरेट दुबै इन्जिनमा उपलब्ध गराउने छ । 

कम्पनीले यी दुई बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिनमा उपलब्ध गराएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिएको छ । 

एक्सपल्स–२०० एडभेन्चर मोटरसाइकल हो । यसमा हाई स्ट्रेन्थ स्टिलको बडी फ्रेम, अगाडि २१ इन्चको स्पोक ह्वील, पछाडिमा १८ इन्चको ह्वील लगाइएको छ । 

यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ । 

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ । 

दुबै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । यी दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

मोटरसाइकलमा स्मार्ट फोन कनेक्टीभिटीको विशेषता दिइएको छ । जसअन्तर्गत, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, टर्न बाइ टर्न नेभिगेसन, कल अलर्ट, एसएमएस रिडआउट, एलसिडी कन्सोल, गियर इन्डीकेटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डरजस्ता विशेषता समेटिएको छ । 


Back_to_top