होन्डाले ल्यायो नयाँ एसयूभी, ५ लाख छुट, ३०% डाउन पेमेन्ट गरे पुग्ने

Not found

काठमाडौं । होन्डाले आफ्नो पछिल्लो मोडल एचआरभी नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । सुरुमा एक यूनिटमात्र ल्याएर शोकेस गरिएको होन्डा एचआरभी अब भने २०१९ मोडलसँगै आधिकारीक बिक्री वितरण सुरु गरेको हाे ।

नेपाली बजारमा अहिले एउटा मात्र भेरियन्ट (एलएक्स) मा उपलब्ध एचआरभीको मूल्य ९९ लाख रुपैयाँ निर्धारण गरिएको छ । नेपालको लागि होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सुरुवाति अफरको रुपमा एचआरभीमा ५ लाख रुपैयाँ छुट दिदै आएको जनाएको छ । साथै, ५० हजार रुपैयाँ बराबरको एसोसोरिजहरु खरिदकर्ताले पाउने कम्पनीले जनाएको छ ।

स्याकार ट्रेडिङले ३० प्रतिशत डाउन पेमेन्ट र ११.५ प्रतिशत व्याजदरमा एचआरभी खरिद गर्न सकिने बिज्ञापन प्रकाशन गरिरहेको छ । 

होन्डा एचआरभीको लम्बाई ४२९५ एमएम, उचाई १७७०, एमएम, उचाई १६०५ एमएम रहेको छ । यसको ह्वीलवेस भने २६१० एमएम रहेको छ । 

यसमा १.५ लिटर पेट्रोल इन्जिनमा सीभीटी गियरबक्ससहित आएको छ । यसमा उपलब्ध १.५ लिटर पेट्रोल इन्जिनले १२९ बीएचपी पावर र १५५ एनएम टर्क उत्पादन गर्छ । यसमा १७ इन्च अलोय ह्वील, एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, होन्डा सिभीकको जस्तै इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । 



image not found