होन्डा सीबी साइन लिमिटेड एडिसन सार्वजनिक

Not found

होन्डाले आफ्नो सार्वाधिक बिक्री हुने मोडल सिबी साइनको लिमिटेड एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा पनि १२५ सीसी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने सिबी साइनको लिमिटेड एडिसनको चासो हुनु स्वभाविक हो ।

दुई नयाँ कलर अप्सन र डिउल टोन कलरसहित आएको होन्डा साइन लिमिटेड एडिसनको मूल्य रेगुलर मोडलको तुलनामा ३०० भारतीय रुपैयाँ फरक रहेको छ । बाइकको बडीमा केही ग्राफिक्स लगाईएको छ ।

लिमिटेड एडिसनमा सबैभन्दा ठूलो चेन्ज नै कलर अप्सन रहेको कम्पनीले जनाएको छ । फिउल ट्याङ्क, साइड प्यानल र पछाडिको भागमा भिज्युल ग्राफिक्स दिइएको छ ।

कम्पनीले साइनमा कुनै मेकानिकल परिवर्तन भने गरेको छैन । यसमा दिइएको १२५ सीसी क्षमताको फोर स्ट्रोक, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिनले १०.१६ बीएच पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

अगाडि टेलिस्कोपिक फर्क र पछाडि कन्भेन्सनल स्प्रीङ लोडेड हाइड्रोलिक सेटअप दिइएको छ । ड्रम र डिस्क दुबै ब्रेकिङ सिस्टममा उपलब्ध यो मोटरसाइकल नेपाल आउने वा नआउने भन्ने विषय भने अहिले टुङ्गो लागि नसकेको नेपालको आधिकारीक वितरक स्याकार कम्पनी प्रालिले जनाएको छ ।

नेपाली बजारमा सिबी साइन रेगुलर मोडल ‘डीआरएस’को मूल्य २ लाख ५ हजार ९००, डीएसएसको २ लाख १२ हजार ९००, साइन एसपी डीआरएसको २ लाख २८ हजार ९०० र एसपी डीएसएसको मूल्य २ लाख ३३ हजार ९०० रुपैयाँ रहेको छ । 



image not found