होन्डाले नयाँ प्लेटफर्ममा इलेक्ट्रीक एसयूभी र सेडान कार ल्याउने

होन्डाले अबको केही समयमा इ–ह्याचब्याक कार ल्याउँदै छ । उक्त इलेक्ट्रीक कार प्रति विश्वभर नै चासो व्यक्त गरिएको छ । होन्डाले यो इ–ह्याचब्याक बेलायतमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

विश्वभरका अन्य सवारी उत्पादकलेझैं होन्डाले पनि आगामी दिनमा हुने इलेक्ट्रीक कारको मागलाई ध्यानमा राख्नै इलेक्ट्रीक सवारी उत्पादनलाई प्राथमिकता दिने भएको छ ।

होन्डाले इलेक्ट्रीक सवारी उत्पादनका लागि डेडिकेटेड बीइभी आर्किटेक्चरको विकास गरि रहेको जनाएको छ । यो प्रणालीमा आधारित इलेक्ट्रीक सवारी अल ह्वील ड्राइभमा आउने छन् ।

होन्डाले उत्पादन गर्ने सी र डी सेगमेन्टका सवारी ल्याउने छ । नयाँ कारहरु उत्कृष्ट माइलेजका साथै स्मुद ड्राइभिङ एक्सपेरियन्स सहित बजारमा आउने छ । होन्डाको इलेक्ट्रीक एसयूभी ट्वीन मोटर हाइब्रिड टेक्नोलोजी हुनेछ । त्यस्तै हाइ भोल्टेज टेकमा प्लगइन हाइब्रिड, फ्यु सेल भेइकल र व्याट्री इलेक्ट्रीकले सवारीको पर्फमेन्स उत्कृष्ट बनाउने कम्पनीको दाबी छ ।


Back_to_top