होन्डाको इलेक्ट्रीक कार दुई महिनापछि बजारमा, यस्तो हुनेछ माइलेज

Not found

होन्डाले फुल चार्जमा २०० किलोमिटर माइलेज दिने इलेक्ट्रीक कार ‘होन्डा इ इभी’ आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले डेढ घन्टामा ८० प्रतिशत चार्ज हुने यो मोडल २०१९ को फ्राङ्फर्ट मोटरशोमा प्रदर्शन गर्ने भएको हो ।

रियर ह्वील ड्राइभ इभी आर्किटेक्चरमा आधारित यो मोडलमा उपलब्ध इलेक्ट्रीक मोटरले १५० पीएस पावरका साथै ३०० एनएम टर्क बराबरको पावर उत्पादन गर्छ । यसमा लाइटवेट किलोवाट वाटर कुल्ड ब्याट्री दिइएको छ । यसको लम्बाई ३८९५ एमएम, चौडाई १७५० एमएम र उचाई १४९५ एमएम रहेको कम्पनीले जनाएको छ । 

यसमा स्पोर्ट मोड प्रदान गरिएको छ । कम्पनीले यसमा रियर ह्वील ड्राइभ सिस्टम प्रदान गरेको छ भने, अटोमेटिक रिजेनेरिटिभ ब्रेकिंग सिस्टमको विशेषता प्रदान गरिएको छ । 

यो कार प्लाटिनम ह्वाइट मेटालिक, क्रिष्टल ब्ल्याक पर्ल, क्रिष्टल ब्लू मेटालिक, मर्डन स्टिल मेटालिक, चार्ज एल्लो गरि पाँच कलर भेरियन्टमा आउने छ । यसमा स्टेयरिंग ह्वील, भ्वाइस कन्ट्रोल, क्रुज कन्ट्रोल, भोलुम एडजस्टमेन्ट लगायतको विशेषता दिइएको छ । 

यसको बजारमा बिक्री वितरण भने सन् २०२० को सुरुवाट हुन सक्ने अनुमान लगाईएको छ ।



image not found