होन्डाको नयाँ इलेक्ट्रीक कारमा साइड मिररको काम क्यामराबाट

काठमाडौं । होन्डाले ड्राइभर तथा प्यासेन्जरलाई ड्राइभिंगको समयमा राम्रो भिजीबिलिटी देखियोस् भन्ने उद्देश्य सहित आउँदै गरेको इलेक्ट्रीक कार ‘होन्डा इ’मा साइड मिररको सट्टा क्यामरा लगाउने भएको छ । 

कम्पनीले कारमा उपलब्ध पुरानो  डोर मिररलाई विस्थापन गर्दै साइड मिररको रुपमा क्यामरा लगाउने भएको हो । २०२० सम्म्ममा भारतीय बजारमा सार्बजनिक हुने यस मोडल उत्कृष्ट स्टाइल, सेफ्टी तथा एयरोडायनामिक विशेषता सहित आउने छ । कम्पनीले गत वर्ष यो मोडलको प्रोटोटाइप प्रदर्शन गरेको थियो । 

साइड क्यामराले ड्राइभर र को–प्यासेन्जरलाई भिजीबिलिटी प्रदान गर्छ । त्यसको लागि कार भित्र ड्याश बोर्डमा ६ इन्चको क्रिन लगाइएको छ । यसमा ड्राइभर स्वयंमले आफ्नो सुविधा अनुसार वाइड र नर्मल भ्युको छनौट गर्न सक्नेछन् । 

यस प्रविधी मार्फत ब्लाइन्ड स्पोर्ट १० देखि ५० प्रतिशतसम्म कम गर्न सकिने कम्पनीले जनाएको छ । यसले रिभर्स क्यामराको समेत काम गर्ने कम्पनीले जनाएको छ । यस भित्रको स्क्रिन ब्राइटनेश लाइटिंग कन्डिशनको हिसाबमा अटोमेटिक एडजस्ट हुने कम्पनीले जनाएको छ ।

खराब मौसम, रोशनी  तथा रातको समयमा पनि यसले राम्रो भिजीबिलिटी दिने कम्पनीले जनाएको छ । क्यामरा एयरोडायनामिक शेपमा लगाइएको कम्पनीले जनाएको छ । ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने यस कारले फुल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । 


Back_to_top