होन्डा फाेर्जा-२५० एड्भेन्चर स्कुटर आउँदै

जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले एडभेन्चर १५० इन्डोनेशिया अटो शोमा सार्वजनिक गरेको थियो । यो स्कुटर उक्त अटो शोको मुख्य आर्कषण बनेको थियो । उक्त स्कुटर एक्स–एडीभी ७५० बाट प्रभावित रहेर बनाइएको छ । अब होन्डाले यसको पावरफुल एड्भेन्चर स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो स्कुटर टोक्यो अटो शोमा सार्वजनिक गर्ने जनाएको हो ।

आउँदै गरेको एक्स एड्भेन्चर २५० स्कुटरमा फोर्जा २५० को इन्जिन रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो स्कुटर दक्षिण यसियाली बजारलाई लक्षित गरेर निर्माण हुने भएको हो ।

यो स्कुटरमा एप्रोनमा जडित ट्वीन पड एलइडी हेडल्याम्प रहने छ, सँगै विन्डस्कृन रहेको छ । साथै यसको साइड लाइट तथा टेलल्याम्प एलइडी रहने छ ।

कम्पनीले यसमा क्रस स्पोक ह्वील दिनेछ जुन सबै सडकका लागी उपयुक्त हुन्छ । कम्पनीले यसमा अलोय ह्वील समेत दिने अनुमान गरिएको छ ।

उक्त स्कुटरको फ्रन्टमा टेलिस्कोपीक तथा रियरमा ट्वीन साइड ग्यास चार्जड सस्पेन्सन दिने छ । यसमा डबल च्यानल एबीएससहित फ्रन्टमा २५६ एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक रहने छ ।

२४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कूल्ड, ४ भल्भ, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार ५०० आरपीएममा २३.५ पीएस तथा  ६ हजार २ सय ५० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top