होन्डाले शक्तिशाली फोर्जा ३०० म्याक्सी स्कुटर ल्याउँदै

जापानी सवारी उत्पादक कम्पनी होन्डाले भारतीय बजारमा नयाँ स्कुटर ल्याउने भएको छ । भारतीय बजारमा होन्डाका स्कुटर निकै लोकप्रिय रहेका छन् । होन्डाकै एक्टिमा भारतमा सबैभन्दा धेरै बिक्री हुने स्कुटरमा पर्छ । 

होन्डाका स्कुटर निक्कै रुचाइएकै कारण कम्पनीले शक्तिशाली स्कुटर सार्वजनिक गर्न लागेको हो । आगामी डिसेम्बरसम्ममा होन्डाले भारतमा फोर्जा ३०० म्याक्सी स्कुटर सार्वजनिक गर्ने भएको छ । 

भारतीय बजारमा यो स्कुटरको मूल्य करिब ७ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । यो स्कुटरमा विन्ड स्क्रिन, एलइडी डीआरएल, ट्वीन हेडल्याम्प, एनालग तथा डिजिटल इन्ट्रुमेन्ट क्लस्टरलगायत विशेषता रहेको छ । 

यो स्कुटरमा २ सय ७९ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ जसले ७ हजार आपीएममा २५ बीएचपी पावर र ५७ सय ५० आरपीएममा २७.२ एनएम टर्क दिन्छ । स्कुटरमा डुअल च्यानल एबीएस रहेको छ । 


Back_to_top