होन्डाका कारमा १० लाखसम्म छुट, यस्तो छ मूल्यसूची

काठमाडौं । जापानी कार उत्पादक कम्पनी होन्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग प्रालिले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आकर्षक छुट योजना अगाडि ल्याएको छ । कम्पनीले आफ्ना सबै मोडलमा एक लाखदेखि दश लाखसम्म नगद छुट दिने योजना ल्याएको हो ।

आफ्ना सबै कारमा एक वर्षे इन्स्योरेन्स र निःशुल्क सडक कर, एक वर्षसम्म निःशुल्क एसोसरिज उपलब्ध गराउने जनाएको छ । यस अवधिमा कार खरिद गर्ने ग्राहक मध्येबाट स्क्राच कार्ड गरि छनोटगरि १० जनालाई विभिन्न मुलुक घुमाउने योजना कम्पनीले ल्याइएको छ । 

यसरी छानिएका भाग्यशाली १० ग्राहकले दुई रात तीन दिनको दुबई र थाइल्यान्डको भ्रमण गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली बजारमा हाल, विभिन्न मोडलका २९ कार बिक्री गर्दै आएको छ । गत नाडा अटो शोबाट प्रदान गर्दै आएको यो अफर दशै तिहार र छठ पर्वसम्म दिइने कम्पनीले जनाएको छ । 

साथै गाडी किन्न चाहने ग्राहकलाई कम्पनीले ९.९९ प्रतिशत व्याजदरमा कर्जासमेत उपलब्ध गराउने छ । 


Back_to_top