होन्डाको लोकप्रिय बाइक पुनः नेपाल आउँदै, यस्तो हुनेछ मूल्य

Not found

काठमाडौं । नेपाली बजारमा लामो समयसम्म १५० सीसी सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गरेको मोटरसाइकल होन्डा यूनिकर्न १५० पुनः नेपाली बजारमा आउने भएको छ । होन्डाले यूनिकर्नलाई अपग्रेड गरेर १६० सीसीमा नयाँ लुक्ससहित सार्वजनिक गरे पश्चात् १५० सीसी बन्द गर्ने घोषणा गरेको थियो । अब भने उक्त मोटरसाइकल पुन आउन लागेको हो । 

नेपाली बजारमा फेमेली मोटरसाइकलको रुपमा लोकप्रिय रहेको यो मोटरसाइकल सबै वर्ग र उमेर समूहका ग्राहकले रुचाएको मोटरसाइकल हो । 

कम्पनीले सीबी यूनिकर्नको ग्राफिकमा परिर्वतन गरेर बजारमा उतारेको छ भने, मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन । 

नयाँ यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।


कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ । 

यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ स्पोक कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ । 

यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । 

नेपाली बजारमा भित्रने तयारी गरिरहेको यो मोटरसाइकलको मूल्य २ लाख २० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । 



image not found