होन्डाको इलेक्ट्रीक कार VE-1, सिङ्गल चार्जमा ३४० किलोमिटरको रेन्ज

Not found

होन्डाले आफ्नो चर्चित एसयूभी एचआर–भीको इलेक्ट्रीक मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले केही दिनअघि चीनमा सम्पन्न गोन्जाव अटो शो–२०१८ मा उक्त इलेक्ट्रीक मोडललाई सार्वजनिक गरेको हो ।

होन्डाको ईभरस–ईभी कन्सेप्टमा निर्माण भएको यो गाडीलाई कम्पनीले बेइजिङ अटो शो २०१८ मा पनि सार्वजनिक गरेको थियो । यसलाई भीई–१ नाम दिइएको छ । कम्पनीले यसको बिक्री चीनबाटै सुरु गर्ने जनाएको छ ।

होन्डा भीई–१ (एचआर–भी) को इलेक्ट्रीक ड्राइभट्रेनकासाथ विश्वभर बिक्री गर्नेछ । यसमा लगाइएको इलेक्ट्रीक मोटरले १६३ पीएस पावर र २८० एनएम–टर्क उत्पादन गर्छ । यसमा लिथियम आयोन ब्याट्री–प्याक दिइएको छ । भीई–१ ले सिङ्गल चार्जमा ३४० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

कम्पनीले भीई–१ मा सहज ड्राइभिङ्गका लागि नर्मल, ब्याट्री–सेभर र स्पोर्ट–मोड प्रदान गरेको छ । जसमा नर्मल मोडले गाडीको रेन्ज र पफर्मेन्सबीच तालमेल मिलाउँछ । त्यस्तै, ब्याट्री–सेभर मोडले ब्याट्री–प्याकको खपत कम गर्नका लागि मद्दत गर्छ भने स्पोर्ट–मोडले गाडीको पफर्मेन्समा मात्रै ध्यान केन्द्रित गर्छ ।

कम्पनीले भीई–१ निजी तथा राइड हेलिङ्ग दुवै ग्राहकहरूका लागि निर्माण गरेको जनाएको छ । चीनमा यसको मूल्य १ लाख ७० हजार ८०० यूआन रहेको छ ।

गाडीको लम्बाई ४३०८ एमएम, चौडाई १८२४ एमएम उचाई १६२५ एमएम रहेको छ भने ह्वीलवेश २६१० एमएम रहेको छ । 



image not found