म्यानुयल गियर र क्लच भएको इलेक्ट्रीक मोटरसाइकल, यस्तो छ मूल्य

Not found

अष्ट्रेलियन इलेक्ट्रीक मोबिलिटी कम्पनी होवीनले दुई वटा इलेक्ट्रीक मोटरसाइकल युरोपियन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अब उक्त मोटरसाइकललाई क्रमिकरुपमा अन्य महादेशमा बिक्री गर्ने योजना बनाएको छ ।

यसअघि नेपाली बजारमा अष्ट्रेलियन कम्पनी सुपर शोकोका उत्पादन बिक्री भइरहेकाले नयाँ होवीन कम्पनीका मोटरसाइकल पनि नेपाल आउने सम्भावना रहेको छ । कम्पनीले ‘सीआर ६ र सीआर ६ प्रो’ नामबाट यी मोटरसाइकल उत्पादन गरिरहेको छ । 

कम्पनीले उत्पादन गरेको सीआर ६ मा अटोमेटिक गियरबक्स दिइएको छ भने सीआर ६ प्रोमा अन्य कम्बस्चन इन्जिन युक्त मोटरसाइकलको जस्तै म्यानुयल गियरबक्स रहेको छ । 

दुबै मोटरसाइकल देख्दा उस्तै देखिएपनि केही भिन्निता रहेको छ । सीआर ६ प्रोमा क्लच लिभर दिइएको छ भने सीआर ६ मा यो अप्सन छैन । सीआर ६ मोटरसाइकलमा दिइएको इलेक्ट्रीक मोटरले १० हर्स पावर र कम्पनीको दाबीलाई मान्ने हो भने यो मोटरसाइकलले २१८ पाउन्ड फिट टर्क उत्पादन गर्नेछ ।

त्यसैगरी सीआर ६ प्रोमा रहेको मोटरले १४ बीएच पावर र २२३ पाउण्ड फिट टर्क प्रदान गर्छ । 

यी दुबै मोटरसाइकलको साइज भने उत्रै रहेको छ । ५५ इन्चको ह्वील बेस र ३२ इन्चको सिट हाइट रहेको मोटरसाइकलको अगाडिको चक्कामा २४० एमएमको डिस्क र पछाडिको चक्कामा १८० एमएमको डिस्क ब्रेक दिइएको छ । 

यी दुबै मोटरसाइकलमा दिइएको व्याट्री एउटै रहेको छ । यसमा पानासोनिकको ५५ एएच क्षमताको १८६५० लिथिएम आयन व्याट्री दिइएको छ । जसलाई सामान्य चार्जबाट चार्ज गर्दा ३ घण्टा लाग्ने छ । फुलचार्जमा १५० किलोमिटर चलाउन सकिने छ, भने फार्स्ट चार्जरबाट २० मिनेट चार्जगर्दा ४५ किलोमिटर गुडाउन सकिने छ । 

यी मोटरसाइकलको अधिकतम गति ६० देखि ६५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसको अन्तर्राष्ट्रिय बजारमा मूल्य ६५०० डलर रहेको छ । यदि यो मोटरसाइकल नेपाल आउने हो भने यसको मूल्य २ लाख रुपैयाँ हाराहारीमा पर्न आउने छ ।    



image not found