कसरी किन्ने पर्फेक्ट कार ? यी हुन् छनोट गर्ने तरिका

काठमाडौं । प्रायःजसो मानिसको सपना हो, आकर्षक र सुन्दर कार खरिद गर्नु । यद्यपि, कार खरिद गर्ने सपना बोकेका सबैले कार किन्नुपूर्व केही कुरामा ध्यान दिनु आवश्यक छ । 

आफ्नो क्षमताअनुरुप कुन कार उत्कृष्ट हुनसक्छ भन्ने कुराको निक्यौल गर्नु आवश्यक हुन्छ । चाहे जतिसुकै सस्तो होस् वा महंगो, कार खरिदकर्ताले ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुरा यसप्रकार छन् ।

आफ्नो आवश्यता निर्धारण गर्ने

कार खरिदकर्ताले आफ्नो आवश्यकता बमोजिम कारको छनौट गर्नुपर्छ । पारिवारिक प्रयोगको लागि कार किन्न चाहानेले एमपीभी वा एसयूभी मोडलको छनौट गर्नु उपयूक्त हुन्छ । 

अफरोड ड्राइभिङ्गका लागि फोर–ह्वील ड्राइभ भेहिकलको छनौट गर्न सकिन्छ । आफ्नो दैनिकी आवश्यकता तथा मागबमोजिम कारको छनौट गर्नुपर्छ ।

बजेट

कार किन्दा ध्यान दिनुपर्ने अर्को कुरा हो, बजेट । सामान्यता कार खरिद गर्दा अटोलोनको प्रयोग गर्ने गरिन्छ । यद्यपि, कार खरिदपछि पेमेन्ट, इन्स्योरेन्स, फ्यूल, रिपेयर्स, करलगायतका विविध पक्षमा खर्च गर्नुपर्छ । 

लोन लिँदा आफ्नो मासिक बजेटले भ्याउने सक्ने गरी लिनुपर्छ भने मासिक प्याकेज पनि सोहीअनुसार तय गर्नुपर्छ ।

वेभसाइटमा हेर्ने

पछिल्लो समय अटो उत्पादक कम्पनीबीचको प्रतिस्पर्धा चुलिएको छ । सँगै बजारमा विभिन्न मोडलका कार, बिभिन्न अफरहरुका साथ बिक्री–वितरण भैररहेको हुन्छ । सुरुवातमा कार खरिदकर्तालाई कस्तो कारक किन्ने भन्ने दोधार पर्न सक्छ । यस्तो अवस्थामा एकै विशेषता बोकेका फरक कम्पनीको मोडलको अध्ययन गर्नुपर्छ । 

कम्तीमा पनि समान बजेट र विशेषता बोकेका पाँचवटा मोडलको अध्ययन गर्नु उचित रहन्छ । सँगै कारबारे जानकारी दिने वेभसाइट खोलेर हेर्ने गर्नुपर्छ ।

टेस्ट ड्राइभ

कार खरिद गर्नुपूर्व आफूले किन्न चाहेको कारको टेस्ट ड्राइभ गर्नुपर्छ । यसरी कार चलाउँदा कुनै समस्या भए–नभएकोसमेत पत्ता लगाउन सकिन्छ ।

निर्णय

टेस्ट ड्राइभपछि कार किन्ने निर्णय गर्नु उचित हुने गर्छ । आफ्नो अनुभवपछि कार खरिद गर्दा सन्तुष्टीसँग–सँगै र आवश्यकताको पूर्ति हुनसक्छ ।


Back_to_top