काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउने हो भने निश्चित तयारी गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । निर्वाचनपछि आउने तयारीमा रहेको संसद र सरकार स्थिर बन्ने हो भने ५ वर्षको लागि उनीहरूले नागरिकको मत हासिल गरेर आएका छन् ।
अघिल्ला सरकारले नै सन् २०३० सम्म विद्युतीय साधनको मात्रै कारोबार गराउने उल्लेख गरे पनि निश्चित मापदण्ड र योजनाबद्ध कार्ययोजना नहुँदा कसैले पत्याएका छैनन् । त्यसको लागि अब बन्ने सरकारले योजनावद्ध कार्ययोजना निर्माण गरेर अगाडि बढ्नु पर्ने हुन्छ ।
आजैका मितिदेखि दर्ता हुने ट्याक्सी अनिर्वाय विद्युतीय हुनुपर्ने व्यवस्था गर्न सकेको खण्डमा ५ वर्ष भित्र करिब ४ हजार ट्याक्सी विद्युतीय बन्नेछ ।
आगामी ५ वर्षमा विद्युतीय साधन अन्वेषण, उत्पादन र विक्री वितरणमा ठूला उत्पादक कम्पनीहरूले एउटा कोशेढुङ्गा पार गरिसकेको हुने छन् । त्यति बेला हाम्रो बजार सुहाउँदो साना, ठूला र दुई पाङ्ग्रे साधनको उत्पादन तीव्र गतिमा हुनेछ । नेपालले पनि योजनाबद्ध तरिकाले काम गर्ने हो भने विद्युतीय साधनको प्रयोग ७० प्रतिशतसम्म पुर्याउन सक्ने छ । त्यसको लागि सरकारले दुई पाङ्ग्रे साधनमा विशेष योजना निर्माण गर्नुपर्ने देखिन्छ ।

अहिले उपत्यकामा मात्रै राइड एण्ड सेयरिङ कम्पनीका करिब १ लाख मोटरसाइकल तथा स्कुटर संचालनमा रहेको छन् । करिब एक दर्जन राइ एण्ड सेयरिङ कम्पनीहरू सक्रिए रहेका छन् । यी सबै साधन अहिले पेट्रोलमा आधारित इन्जिन भएका गाडी छन् । सरकारले प्रस्ट कानुन निर्माण गरेर राइड एण्ड सेयरिङमा आबद्ध दुई पाङ्ग्रे साधन अनिर्वाय इलेक्ट्रीक हुनु पर्ने कानुनी व्यवस्था गर्नुपर्छ । अहिले उपत्यकाको जाम र उच्च प्रदूषणमा सबैभन्दा ठूलो माध्यम यी नै यात्रु बोक्ने दुई पाङ्ग्रे साधन हुन् ।
देशभर यातायात प्राधिकरण गठन गरेर अन्तरप्रदेश यातायातका साधन संचालन गर्ने योजना निर्माण गर्न सक्ने हो भने अबको ५ वर्षमा नेपाल विद्युतीय साधनको प्रयोगमा दक्षिण एशियाकै नमूना देश बन्न सक्छ ।
दुई पाङ्ग्रे यात्रु बोक्ने साधन विद्युतीय बनाउन सक्दा ठूलो मात्रामा पेट्रोलको बचत हुनेछ भने प्रदूषणरहित साधन हुँदा त्यसको प्रदूषणमा पर्ने प्रभाव पनि कम हुन्छ । त्यसपछि आजैका मितिदेखि दर्ता हुने ट्याक्सी अनिर्वाय विद्युतीय हुनुपर्ने व्यवस्था गर्न सकेको खण्डमा ५ वर्ष भित्र करिब ४ हजार ट्याक्सी विद्युतीय बन्नेछ । यसलाई ७ वटै प्रदेशमा लागू गर्नेगरी सरकारले काम अगाडि बढाउनु पर्छ । ट्याक्सी पनि सर्वाधिक ओहोरदोहोर गरेर यात्रु बोक्ने साधन भएको कारण यसलाई इलेक्ट्रीकमा लान सक्दा देशको विद्युतीकरणमा प्रवेश गर्ने योजना सफल हुन्छ ।
त्यसपछि सार्वजनिक
सरकारले छिटो यात्रुलाई सेवा दिने राइड एण्ड सेयरिङ कम्पनी र ट्याक्सीपछि साना मझौला कमर्शियल भेहिकललाई विद्युतीय करणको लागि प्रोत्साहन दिनुपर्छ । विद्युतीय साधनको उच्च प्रयोगले वातावरणमा सकारात्मक प्रभाव मात्रै पर्दैन, हाम्रो आफ्नै कच्चा पदार्थबाट उत्पादन भएको विद्युतको खपत बढ्ने छ । जलवायु परिवर्तको उच्च जोखिममा रहेको नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यान आफूतिर खिच्न पनि नेपालमा विद्युतीय साधनको प्रयोग गर्नुको अर्को विकल्प छैन ।
लाइट कमर्शियलपछि ठूला सार्वजनिक यातायातमा जानु पर्छ । विद्युतीय मिनी बस र ठूला बस अहिलेकै समयमा धेरै महंगो भएको कारण यसको लागत कम गर्न सरकारले पहल गर्नु पर्छ । देशभर यातायात प्राधिकरण गठन गरेर अन्तरप्रदेश यातायातका साधन संचालन गर्ने योजना निर्माण गर्न सक्ने हो भने अबको ५ वर्षमा नेपाल विद्युतीय साधनको प्रयोगमा दक्षिण एशियाकै नमूना देश बन्न सक्छ ।
निजी कारको हकमा सरकारले धेरै काम गर्नु पर्ने छैन । नीतिगत स्पष्टता मात्रै विक्रेता र उपभोक्तामा हुने हो भने नेपालले आगामी ५ वर्ष भित्र विद्युतीय साधनको प्रयोगमा छलाङ लगाउने कुरामा दुईमत छैन ।