कार चलाउन सिक्न जानुअघि गर्नुस् यस्तो तयारी

काठमाडौं । कार चलाउन जो–कोहीको रहर हुन सक्छ, तर सबैले कार चलाउन जानेका हुन्छन् भन्ने हुँदैन । तर, अहिलेको समयमा हरेका युवाले साना सवारीसाधन चलाउन जानेको हुनु पर्छ । व्यवसायीक जिवनमा ड्राइभिङ लाइसेन्स निकै आवस्यकताको प्रमाणपत्र भइसकेको छ ।

सामान्य भन्दा सामान्य कार्यालयले पनि कर्मचारी माग गर्दा उसको योग्यतामा मोटरसाइकल वा गाडी चलाउन जानेको भन्ने सर्त राख्न थालिसकेका छन् । यस्तो अवस्थामा तपाईले सवारीसाधन चलाउन सिक्नु पर्छ वा सिक्छु भन्ने सोच बनाउनु भएको छ भने केही कुरा ध्यान दिन जरुरी छ ।

यदी समान्य जानकारी पनि नराखी तपाई कार चलाउन सिक्न जानुभयो भने तपाईको समय सामान्य जानकारी लिनमा धेरै खर्च हुन्छ र तपाईले प्रयोगात्कम कक्षा धेरै लिन पाउनु हुन्न । 

यी कुरा जानकारी राख्नुस्

कार चलाउन सिक्न ड्राइभिङ स्कुलमा जानुभन्दा पहिला कारको बारेमा पुरा जानकारी लिन जरुरी हुन्छ । एक्सिलेटर, ब्रेक, क्लच, स्टेयरिंग, गियर, लाइट, पावरजस्ता बिषय जानकारी लिएर जानुस् । जसले कार चलाउन सिक्दा तपाईलाई सहज हुने छ । नत्र कार चलाउन सिकाउने प्रशिक्षकले तपाईको धेरै समय यसमा लिने गर्छन् ।  

सिटको बसाइ

कार चलाउन सिक्न पहिलो पटक जब ड्राइभिङ सिटमा बसिन्छ त्यतिबेला सिटमा कसरी बस्ने भन्ने कुरामा बिशेष ध्यान दिनुपर्ने हुन्छ । तपाईले कारमा बसेर सहज महशुस गर्नुभएन भने कार चलाउन गाह्रो हुन्छ, जसले गर्दा तपार्इको कार सिक्न लाग्ने समय लम्बिन सक्छ । 

आफ्नो उचाइ र शारिरिक साइज अनुसार सिटलाई मिलाउनुहोस् ताकि सजिलै खुट्टा ब्रेक, क्लच र एक्सेलेरेटरमा पुगोस् र यसको प्रयोग गर्न सकियोस् ।

ध्यान एकत्रित गनुहोस्

कार चलाउन सुरु गर्नु पहिला मिरर मिलाउन बिशेष ध्यान दिनुहोस् जसबाट पछाडि हेर्न सजिलो होस् । त्यसपछि ड्राइभिङ्गमा ध्यान लगाउनुहोस्, सडकमा ध्यान केन्द्रित गर्नुहोस् ।

उचित दुरी

तपाईले कार सिक्दैगर्दा अगाडि पछाडि अरु पनि सिकारु हुन सक्छ त्यसैले उचित दुरी कायम राख्नु जरुरी हुन्छ ताकी कुनै दुर्घटना नहोस् । अचानक रोक्न वा मोड्न पर्ने अबस्थालाई ध्यान दिनुस् ।

शान्त रहनुस्

कार सिक्दैगर्दा शान्त रहनुस् । म्युजिक बजाउने वा प्रशिक्षकसँग अनावश्यक बिषयमा कुरा नगर्नुहोस् । 

प्रशिक्षक चयन

कार चलाउन सिक्नका लागी प्रशिक्षकको प्रमुख भुमिका रहने गर्छ । प्रशिक्षक चयनगर्दा बिशेष ध्यान पुर्याउनुहोस् । जोसँग तपाईले सहज तरिकाले ड्राइभिङ सिक्न सक्नु हुनेछ । 


Back_to_top