सेकेन्ड ह्यान्डमा कार बेच्दै हुनुहुन्छ ? यसो गर्नुस् धेरै मूल्य पाइन्छ

काठमाडौं । केही वर्ष कार चलाएपछि प्राय सवारीधनीले आफ्नो कार सेकेन्ड ह्यान्डकारको रुपमा बेच्ने गर्छन् । आफ्नो पुरानो कार बेच्दा कसरी उचित मूल्य पाउन सकिन्छ भन्ने ज्ञान भने सबैमा भएको पाईदैन । 

अहिले नेपाली बजारमा सेकेन्डहेन्ड कार किन बेच गर्ने थुप्रै रिकन्डिसन हाउसहरु खुलेका छन् । तर, ति कम्पनीहरुले अनुमानका आधारमा गाडी बिक्रेतासँग मोलमोलाई गरेर कार किन्ने गरेका छन् । 

यस्तोमा आफुले कारको उचित मूल्य पाए वा नपाएको थाहापाउन निकै कठिन हुने गर्छ । यस्तोमा हामीले कसरी कार बिक्री गर्दा राम्रो मूल्य पाउन सकिन्छ भन्ने विषयमा आधारीत रहेर जानकारी दिने प्रयास गरेका छौं । 

आफ्नो कारको तत्कालको मूल्य थाहा पाउने

यदि आफ्नो पुरानो कारको मार्केट भ्यालु आफुलाई थाहा छैन भने, करेन्ट मार्केटको भ्यालु पत्ता लगाउनुपर्छ । यसको लागि इन्टरनेटमार्फत डिलरहरुसँग कुरा गरेर नयाँ बजार मूल्य थाहापाउन सकिन्छ । 

अझ पछिल्लो समयमा कारको आधिकारीक बिक्रेताहरुले आफ्नो वेभसाईटमा नै मूल्य राख्ने गरेका छन् । यसरी मूल्य हेर्दा आफ्नो कारको राह्रस कट्टीगरी मूल्य आफै निकाल्नसमेत सकिन्छ । 

अनुभवीसँग छलफल गर्ने

पछिल्ला दिनमा रिकन्डिसन हाउसहरुले सेकेन्ड हेन्ड कार बिक्री गर्ने प्ल्याटफर्महरु तयार गरेका छन् । यस्तोमा आफ्नो कारलाई अनलाइनमा राखेर मूल्य निर्धारण गर्न सकिन्छ । यसका अलवा, कारका बारेमा अनुभव भएका मानिससँग सम्पर्क गरेर एउटा मूल्य तय गर्न सकिन्छ । 

मार्केट भ्यालुभन्दा थोरै बढी मूल्य तोक्ने

आप्mनो कारको मूल्य मार्केट भ्यालु भन्दा केही ज्यादा तोक्नुपर्छ । ताकि, खरिदकर्तासँग वार्गेनिङ्ग गर्न सहज होस् । 

वासिङ्ग गर्ने 

कारको कन्डिसन जति राम्रो राख्यो उतिनै राम्रो मूल्याङ्कन हुने संभावना रहन्छ । यसको लागि कारको वासिङ्ग गर्नुपर्छ भने एक्सटेरियर र इन्टेरियर सफा राख्नुपर्छ । 

आवश्यक कागजात सुरक्षित राख्ने

कारको बिक्रीका लागि आवश्यक कागजातलाई सुरक्षित राख्नुपर्छ । साथै, सर्भिस रेकर्ड, टायर, ब्याट्री र वारेन्टीको रसिदलाई सुरक्षित राख्नुपर्छ । 

राम्रो फोटो

विज्ञापनको लागि  राख्दा कारको राम्रो तस्विर राख्नुपर्छ । जसले खरिदकर्तालाई सहजै लोभ्याउन सकोस् ।

उचित मूल्यांकन गर्ने

कार बिक्रीकर्ताले कारको उचित मूल्यांकन गर्नुपर्छ । कारको मूल्यभन्दा अत्याधिक बढी राख्दा समस्या सिर्जना हुनसक्छ । त्यसैले कार बिक्रीमा राख्दा सबै पक्षलाई विचार गरेर राख्नु पर्छ । 


Back_to_top