यी ५ गल्तीले बिग्रन सक्छ क्लच, यसरी चलाउनुस् कार

Not found

काठमाडाै‌ । म्यानुअल ट्रान्समिसनयुक्त कारमा दिइने गियरबक्स र क्लचबीचको लिंकलाई निक्कै महत्वपूर्ण मानिन्छ । कारको महत्वपूर्ण पार्ट भएको कारण पनि क्लचको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । तर, चालकको कतिपय बानीका कारण क्लचमा समस्या आउने गर्छ ।

चालकले केही सावधानी नअपनाउँदा यसबाट आर्थिक नोक्सानी पनि हुने गरेको छ । त्यसैले सहि तरिकाले क्लचको प्रयोग कसरी गर्ने भन्ने विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।  

क्लचलाई चाँडै रिलिज गर्नु

कतिपय चालकले कार चलाउने समयमा क्लचमा निक्कै दबाब दिने गर्छन । जसको कारण कारको इन्जिन र ट्रान्समिसनमा निक्कै प्रेसर पर्र्न आउँछ भने, क्लच नै पूर्णरुपमा बिग्रन सक्छ । त्यसैले क्लचलाई सकेसम्म चाँडो रिलिज गर्ने गर्नु पर्छ ।  

ट्राफिक सिग्नलमा क्लच प्याडलको प्रयोग

प्राय चालकले ट्राफिक जाममा बस्दा क्लच थिचि रहेका हुन्छन् । सो समयमा क्लचको सुरक्षाका लागि कारलाई न्यूट्रलमा राख्नुपर्छ । अन्यथा क्लच बिग्रन सक्छ । 

क्लचमा खुट्टा राख्नु

प्राय कारमा डेड प्यानल दिइएको हुदैन । त्यसैले, चालकले कारको क्लचमा आफ्नो खुट्टा राखिरहने गर्छन् । तर, यस्तो बानीले भने क्लचलाई असर पुर्याउने गर्छ । 

पिकअपको लागि क्लचलाई स्लिप गर्नु

उकालोमा राम्रो पिकअप पाउनको लागि ड्राइभरले क्लचको प्याडल राम्रोसँग नछोडिकन एक्सलरेशन लिने गर्छन । जसको कारण पनि क्लचको प्लेट फाट्ने गर्छ । कतिपय अवस्थामा .क्लच रिप्लेस नै गर्नुपर्ने हुनसक्छ । 



image not found