हुन्डाई क्रेटालाई टक्कर दिन आउँदै ४ नयाँ एसयूभी

हुन्डाईको वेस्ट सेलिङ्ग एसयूभी क्रेटालाई टक्कर दिन चार नयाँ मोडल भारतीय बजारमा सार्वजनिक हुने अन्तिम तयारीमा छन् । 

भारतीय बजारमा आउने किया सेल्टोस, स्कोडा कामिक, होन्डा एचआरभी र फक्सस्वागेन टी–रोकले क्रेटालाई टक्कर दिने अनुमान गरिएको छ । आउँदै गरेका ४ मोडलका विशेषता यस्ता रहेका छन् । 

किया सेल्टोस

२२ अगस्टमा भारतीय बजारमा सार्वजनिक हुने किया सेल्टोसलाई हुन्डाई क्रेटाको कडा प्रतिस्पर्धी मोडल मानिएको छ । अत्याधुनिक फिचरसहित आउन लागेको यो मोडल बुकिङ्ग खुल्ला भएको पहिलो दिनमै ६ हजार यूनिट बुकिङ्ग भएको थियो भने समग्रमा अहिलेसम्म २२ हजार युनिट बुकिङ भएको जनाइएको छ । 

यो एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प दिइएको छ । इन्जिनको कुरागर्दा सेल्टोसमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल  १.४ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । 

स्कोडा कामिक

ग्लोवल मार्केटमा सार्वजनिक भइसकेको स्कोडा कामिक केही समयभित्रै भारतीय बजारमा आउने बताइएको छ । स्कोडा कामिक १.५ लिटर पेट्रोल इन्जिन र १.० लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनसहित आउने कम्पनीले जनाएको छ । यसको लम्बाई ४१२१ एमएम, चौडाई १७९३ एमएम, उचाई १५३१ एमएम रहेको छ ।

यस गाडीमा ९.२ इन्च फ्लोटिंग टचस्क्रिन, १०.२५ इन्च अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टीपल एयरब्याग, एबीएस, इबीडी, ट्याक्शन कन्ट्रोललगायतका बिशेषता दिइएको छ । यो हुन्डाई क्रेटाको प्रतिस्पर्धी मोडल हो ।

होन्डा एचआरभी

दिपावली पर्व अगाडि नै भारतीय बजारमा सार्वजनिक हुने होन्डाको नयाँ एचआरभीले हुन्डाई क्रेटा, टाटा ह्यारीएर, निसान किक्स र जीप कम्पाससँग प्रतिस्पर्धा गर्ने छ ।

यसको लम्बाई ४२९५ एमएम, उचाई १७७०, एमएम, उचाई १६०५ एमएम रहेको छ । यसमा २६१० एमएमको ह्वीलवेश दिइएको छ ।

१.८ लिटर पेट्रोल र १.६ लिटर डिजेल इन्जिन दिइएको छ । १७ इन्च अलोय ह्वील, एलइडी हेडल्याम्प, एलइडी बिटसंगै टेलल्याम्प, होन्डा सिभीकको जस्तै इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

फक्सस्वागेन टी–रोक

फक्सस्वागेनले भारतीय बजारमा केही समयभित्रै सार्वजनिक गर्ने भएको  अल न्यु टी–रोकले हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइसकेको यो मोडल स्कोडा कामिक जस्तै देखिने कम्पनीले जनाएको छ ।

यो मोडल १.० लिटर, १.५ लिटर र २.० लिटर पेट्रोल इन्जिनमा आउने छ । यसमा एलइडी हेडल्याम्प, थ्रिडी इन्डिकेटर, एबीएस, इबीडी, एयरब्याग जस्ता विशेषता दिइएको छ ।


Back_to_top