हुन्डाई क्रेटाको स्पोर्ट भेरियन्ट दुई महिनापछि आउने

हुन्डाईले २०२० को अटो एक्सपोमा अल न्यू क्रेटा सार्वजनिक गर्ने अनुमान गरिएको छ । तर त्यो भन्दा पहिले भारतीय बजारमा कम्पनीले क्रेटाको स्पोर्ट भर्सन सार्वजनिक गर्ने भएको हो । 

हुन्डाईले फेस्टिभ सिजन सुरु हुनुअघि सेप्टेम्बरमा भारतमा क्रेटा स्पोर्ट सार्वजनिक गर्ने भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । भारतमा सार्वजनिक हुने क्रेटा स्पोर्टको डिजाइन निक्कै आकर्षक देखिएको छ । 

क्रेटा स्पोर्टमा अल–ब्ल्याक हेग्जागोलन ग्रिल, ब्ल्याक रुफ रेल, अल ब्ल्याक १७ इन्च अलोय ह्वीललगायत विशेषता रहेका छन् । यो गाडीमा नयाँ ब्लूमिडिया इन्फोटेनमेन्ट सिस्टम दिइएको छ जसले डिजिटल टिभी, एन्ड्रोइड अटो, एप्पल कारप्ले जस्ता फिचर सपोर्ट गर्ने बताइएको छ । 

भारतमा १.६ लिटर डिजेल इन्जिनमा नै क्रेटा स्पोर्ट आउनेछ भने यसमा अटोमेटिक र म्यानुअल दुवै ट्रान्समिसन उपलब्ध रहने छ । 

अन्तर्राष्ट्रिय बजारमा फरक इन्जिन

दक्षिण एसिया बाहेक अन्य बजारमा उपलब्ध क्रेटा स्पोर्ट २.० लिटर डि–भीभीटी १६भी फ्लिक्स–फ्युल पेट्रोल इन्जिनमा अन्तर्राष्ट्रिय बजरामा उपलब्ध रहेको छ । यसले १५६ एचपी पावर र १८७ एनएम टर्क जेनेरेट गर्छ । 

यो गाडीमा इथानोल समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । इथानोल प्रयोग गर्दा यो गाडीले १ सय ६६ एचपी पावर र २ सय १० एनएम टर्क दिन्छ । क्रेटा स्पोर्टमा ६ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।


Back_to_top