भारतमा सार्वजनिक भयो हुन्डाई ग्रान्ड आई १० ‘नियोस’

नयाँदिल्ली । हुन्डाई कम्पनीले भारतीय बजारमा ग्रान्ड आई १० नियोस सार्वजनिक गरेको छ । विभिन्न ६ भेरियन्टमा सार्वजनिक भएको नियोसको सुरुवाति मूल्य ४ लाख ९९ हजार भारु तोकिएको छ । 

कम्पनीले  नियोस इरा भेरियन्टको मूल्य ४ लाख ९९ हजार, म्याग्नाको ५ लाख ८४ हजार, म्याग्ना एमटीको ६ लाख ३७ हजार भारु तोकेको हो । यस्तै, स्पोर्टको ६ लाख ३८ हजार,  स्पोर्ट एएमटीको ६ लाख ९८ हजार र आस्टाको मूल्य ७ लाख १४ हजार भारु निर्धारण गरेको छ ।

ग्रान्ड आई १० को नयाँ संस्करणको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता विशेषता दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ । 

यसमा मेसिन कट अलोय ह्वील लगाइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको विशेषता दिइएको छ ।

ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ ।  

यस्तै, यसमा उपलब्ध १.२ डिजेल इन्जिनले ७२ पीएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ । 

इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग,  रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ । 

हुन्डाईको कनेक्टेड कार टेक्नोलोजीको विशेषता यसमा पनि दिइएको छ । कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । 


Back_to_top