हुन्डाईले १ हजार किलोमिटर माइलेज दिने हाइड्रोजन कार ल्याउँदै

Not found

दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले १ हजार किलोमिटर माइलेज दिने कार भारतमा बनाउने भएको छ । कम्पनीले बनाउने नयाँ नेक्सो २०२१ सम्म भारतमा सार्वजनिक हुने हुन्डाईका प्रबन्ध निर्देशक तथा सीइओ एसएस किलले बताए । 

हुन्डाईले नेक्सो २०१८ मा नयाँ दिल्लीमा भएको इन्डिया–कोरिया विजेनस समिटमा सोकेस गरेको थियो । हुन्डाईले भारतीय बजारमा कोना इभी केह दिन अघिमात्र सार्वजनिक गरेको थियो । 

हुन्डाई नेक्सोको अनुमानित मूल्य भने ५० लाख भारुसम्म पर्ने कम्पनीले जनाएको छ । यो कार सार्वजनिक भएपछि भारतीय बजारमा हुन्डाईको सबैभन्दा उत्कृष्ट कारका रुपमा रहने अनुमान समेत गरिएको छ । 

यो कारले शून्यदेखि १ सय किलोमिटरको दूरी ९.२ सेकेन्डमा तय गर्ने छ भने टप स्पीड १ सय ७९ किलोमिटर प्रतिघण्टा हुनेछ । नेक्सोमा ५२ लिटरको हाइड्रोजन फ्युल ट्यांकी हुनेछ । 

दक्षिण कोरियामा यो कारले एक पटक फुल ट्यांकी होइड्रोजन भरेपछि ८ सय किलोमिटर रेन्ज दिने एफसीइभीले प्रमाणित गरेको छ । भारतमा एआरएआइले यसको रेन्ज १ हजार किलोमिट प्रमाणित गर्ने दाबी एसएस किमले गरेका छन् । 

भारतमा सार्वजनिक हुने नेक्सोमा हाइड्रोजन भर्न जम्मा ५ मिनेट लाग्ने दाबी कम्पनीको छ । हुन्डाईले नेक्सोमा विभिन्न विशेषता सहित ल्याउने जनाएको छ । 



image not found