हुन्डाईले इलेक्ट्रीक कार बनाउन भारतमा १४ सय करोड लगानी गर्ने

Not found

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले भारतमा इलेक्ट्रीक सवारी उत्पादनका लागि आगामी ३ वर्षमा १ हजार ४ सय करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ । भारतीय उपभोक्ताको आवश्यकता अनुसार इलेक्ट्रीक सवारी उत्पादन गर्ने योजना हुन्डाईको छ । 

इलेक्ट्रीक सवारीको बढ्दो बजारलाई मध्यनजर गर्दै इलेक्ट्रीक सवारी उत्पादनमा लगानी बढाएको हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक एसएस किमले बताए । उपभोक्ताले खरिद गर्न सक्ने मूल्यमा इलेक्ट्रीक सवारी उत्पादन गर्ने योजना कम्पनीको रहेको उनले बताए । 

भारतमा हुन्डाईको कोना इलेक्ट्रीक एसयूभी मंगलबार सार्वजनिक गरेको थियो । हुन्डाईले भारतमा दुई÷तीन वर्षमा विभिन्न मोडल बजारमा ल्याउने तयारी गरेको छ ।



image not found