६ लाख ५० हजार सुरुवाती मूल्यमा भारतमा सार्वजनिक भयो हुन्डाई भेन्यू

हुन्डाईले भारतमा भेन्यू सार्वजनिक गरेको छ । नयाँ दिल्लीमा एक कार्याक्रमबीच हुन्डाईले भेन्यू सार्वजनिक गरेको हो । 

हुन्डाईले भेन्यूको मूल्य अपेक्षा गरिएभन्दा निक्कै सस्तोमा सार्वजनिक गरेको छ । भेन्यूको सुरुवाती मूल्य ६ लाख ५० हजार भारु राखेको छ । कम्पनीले  बुकिङ भने कम्पनीले मे २ देखि नै खोलेको थियो । भेन्यूमा कोना तथा नयाँ सान्टाफेमा जस्तै एलइडी डीएलआर सहित स्प्लीट हेडल्याम्प, आकर्षक फ्रन्ट ग्रिल रहेको छ । 

एलइडी टेललाइट, डाइमन्ड–कट अलोय ह्वील भएको भेन्यूको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाई रहेको छ भने, ह्वीलबेस २५०० एमएम रहेको छ । 

भेन्यूमा ८ इन्च टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड रहेको छ । कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने बताइएको छ । 

हुन्डाई भेन्यू टप स्पेकको रुपमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता रहेका छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् ।

हुन्डाई भेन्यू ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क दिन्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ । यसको मूल्य ७ लाख ७५ हजारबाट सुरु भई १० लाख ८४ हजार भारु तोकेको छ । साथै १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क दिन्छ । यसको मूल्य ६ लाख ५० हजार र ७ लाख २० हजार भारु रहेको छ । यसमा ५ स्पीड मेनुअल गियरबक्स छ ।

१.० लिटर ३ सिलिन्टर टर्बो चार्जड पेट्रोल इन्जिन अप्सनमा पनि भेन्यू उपलब्ध छ । यसले १२० एचपी पावर र १७२ एनएम टर्क दिन्छ । यो अप्सनमा ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको मूल्य ८ लाख २१ हजारदेखि ११ लाख १० हजार ५ सय भारु तोकिएको छ । 

Back_to_top