तयार भयो इग्नीश फेसलिफ्ट, अर्को महिना सार्वजनिक हुने

Not found

मारुती सुजुकीले आगामी महिना इग्नीशको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले इग्नीशलाई सामान्य परिमार्जनसँगै  भारतमा लागु हुने नयाँ प्रदुषण मापदन्ड अनुसारको इन्जिनसहित ल्याउने भएको हो ।

कम्पनीले अल न्यु इग्नीश मोडल २०१७ मा सार्वजनिक गरेको थियो । त्यसयता यसमा कुनै परिमार्जन नगरेको कम्पनीले यसको फेसलिफ्ट ल्याउन लागेको हो । नयाँ इग्नीशमा अगाडिको ग्रिलमा सबैभन्दा ठूलो परिमार्जन गरिएको छ भने पछाडिको बम्परपनि नयाँ प्रयोग गरिएको छ । नयाँ इग्नीशको ड्याशबोर्डमा पनि निकै ठूलो परिमार्जन गरिएको छ । 

इग्नीशको फेसलिफ्टमा आकर्षक इन्फोटेनमेन्ट सिस्टम, न्यू स्मार्ट प्ले स्टुडियो सिस्टमसँगै एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएलएसको विशेषता दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले यसलाई पेट्रोल र डिजेल दुई इन्जिन अप्सनसहित बजारमा ल्याउने तयारी गरेको छ । 

इग्नीशमा १.२ लिटर के सिरीज फोर सिलिन्डर इन्जिन उपलब्ध हुनेछ । जसले ६ हजार आरपीएममा ८२ बीएच पावरका साथै ४२ सय आरपीएममा ११३ एनएम टर्क उत्पादन गर्छ ।

यसको इन्जिनमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी अटोमेटिक ट्रान्समिसन लगाइएको छ । यसमा हाइ स्पीड अलर्ट, एबीएस, इबीडीजस्ता सुरक्षा फिचर उपलब्ध रहेने छन् । 

कम्पनीले यस मोडलमा अल न्यू वागेन आर र बलेनो फेसलिफ्टमा उपलब्ध अधिकांश विशेषत समेटिएको जानकारी दिएको छ ।



image not found