आइफालाई गाडी दिन सक्दैनौंः नाडा

Not found

काठमाडौं । आइफामा आउने कलाकारहरलाई सवारी बिक्रेताले बिक्रीका लागि ल्याएर शोरुममा राखेको गाडीमा सयर गराउने चर्चा चलेको छ । तर नाडाले भने त्यसरी गाडी उपलब्ध गराउन नसक्ने जनाएको छ । 

आइफा अवार्डको आयोजक नेपाल पर्यटन बोर्ड र सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ । आयोजकले सावरी बिक्रेताहरुसँग यस विषयमा कुनै छलफल नगरेको सवारी व्यवसायीहरुको भनाई छ । कलाकारलाई शोरुममा राखिएको गाडी उपलब्ध गराउन भन्ने कुरामा नाडालाई कुनै जानकारी नै नभएको नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । 

छलफल भएपनि यस विषयमा नाडाले केही गर्न नसक्ने उनको भनाई छ । ‘यसमा नाडाले केही गर्न सक्दैन । सम्बन्धीत बिक्रेताले गर्ने सक्छन की भन्ने कुरा हो,’ दाहालले भने, ‘तर यो विषय पनि सम्भव होला जस्तो मलाई लाग्दैन ।’ राज्यले गर्न लागेको कार्यक्रम सफल हुनु पर्छ र व्यवसायीले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने उनले बताए । तर संस्थागत रुपमा भने नाडाले केही गर्न नसक्ने देखिन्छ ।

सरकारले आइफा अवार्ड गर्न ४४ करोड रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदबाट गरि सकेको छ । यता अर्थमन्त्री डा युवराज खतिवडाले आइफा अवार्डलाई सरकारले पैसा नदिने बताएका छन् । निजी क्षेत्रलाई आइफाका लागि आवश्यक सहयोग गर्ने विषयमा सरकारले छलफल समेत गरेको देखिँदैन । 

नेपाल एयरलाइन्सले आइफामा सहभागी हुन आउने करिब ६ सय कलाकारलाई काठमाडौं ल्याउने र भारत पुर्याउने चर्चा चलेको छ । तर यस विषयमा नेपाल एयरलाइन्सले ठोस निर्णय नगरेको प्रवक्त नवराज कोइरालाले बताए । 

‘हामीसँग हालसम्म ठोस छलफल भएको छैन । नेपाल पर्यटन बोर्डसँग छलफल भएको छ,’ कोइरालाले मेरोअटोसँग भने, ‘राज्यले गर्न भनेको कार्यक्रम सफल बनाउन हाम्रो तर्फबाट सहयोग गर्न सकिने बारे आन्तरिक छलफल भएको छ तर कुनै निर्णय भने भइसकेको छैन ।’ 



image not found