अशोक लेलैण्डका गाडी किन्नेलाई ज्योति विकास बैंकको ७०% कर्जा सुविधा

Not found

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधन खरिद गर्दा ज्योति विकास बैंक बाट ७०% सम्म कर्जा सुविधा पाउने भएका छन् । सो सुविधा लिनको लागि ग्राहकले आईएमई मोटर्सबाट सिफारिस लिनु पर्दछ । 

सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिएम् सुशिल कुमार शर्मा  र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पछि दुबै कम्पनीका प्रमुखहरुले यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने बताएका छन् । यस्तै कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ । 

रेमिटेन्स व्यवसायबाट सन् २००१ मा स्थापना भएको आईएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ ।  




image not found